Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

चट्टान आरोहणस्थल निर्मित



१५ असोज, इलाम । साहसिक खेल पर्यटनको विकास गर्ने उद्देश्यले इलाम नगरपालिका–७ महभिरमा चट्टान आरोहणस्थल निर्माण गरिएको छ ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको रु १० लाख र स्थानीय श्रमदानबाट रु चार लाख १२ हजार खर्च त्यसमा लागेको थियो । पूर्वमा नै पहिलो पटक इलाममा सफल परीक्षण भएको चट्टान आरोहणप्रति सर्वसाधारणको आकर्षण बढेको छ ।

चट्टानी भिरमा नेपाली सेनाको कालीध्वज गणको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताउनुभयो । नेपाली सेनाका जवानले पाँच प्रकारका आरोहणका शैली प्रदर्शन गरिसकेका छन् । काठमाडौँ र पोखरामा सफल परीक्षण भइसकेको चट्टान आरोहण पूर्वी नेपालको इलाममा सफल परीक्षण भएको छ ।

यस क्षेत्रलाई साहसिक खेल पर्यटनको गन्तव्य बनाउन सकिने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका निर्देशक द्यौराली बताउनुहुन्छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम