back
CTIZAN AD

कलर्स इपिएल क्रिकेटको फाइनलमा, पञ्चकन्यासँग भेट

वि.सं.२०७३ असोज १६ आइतवार

1.9K 

shares

१६ असोज, काठमाडौँ । कलर्स एक्स फ्याक्टर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार विशाल वारियर्सविरुद्धको निर्णायक खेलमा वर्षा बाधक बनेपछि कलर्स भाग्यमानी बन्दै फाइनलमा प्रवेश गरेको हो ।

आज अपराह्न टस जितेर ब्याटिङ गर्न गएको कलर्सले ३.४ ओभरमा दुई विकेट गुमाएर ३७ रन बनाएको थियो । त्यसपछि निरन्तर वर्षा भएपछि खेल अगाडि बढ्न सकेन र दुवै टोलीलाई एक÷एक प्रदान गरियो । सो एक अङ्कले अन्नतः कलर्सलाई फाइदा भयो ।

यसअघिका चार खेलमा कलर्सले छ अङ्क बनाएको भने समान खेलमा विशालको पाँच अङ्क मात्र थियो । वर्षा बाधक भएपछि अङ्क बाँडिदा एक अङ्कले अगाडि रहेको कलर्सलाई फाइदा भयो । कलर्स लिगको दोस्रो हुँदै फाइनलमा प्रवेश गर्न सफल रह्यो ।

अब प्रतियोगिताको फाइनल खेल पाँच खेलमा सबै जित निकालेर लिगमा शीर्ष स्थानमा रहेको पञ्चकन्या तेज र कलर्सबीच सोमबार हुनेछ । छ टोली समावेश प्रतियोगिता राउन्डरोबिनका आधारका खेलाइएको हो ।

आजै भएको पहिलो खेलमा जगदम्बा राइनोजले सगरमाथा लेजेड्सलाई आठ विकेटले हरायो । तर त्यो नजिजाले फाइनल समीकरणलाई भने खासै असर गनेन ।

लिगमा विशाल तेस्रो, जगदम्बा चौथो, कान्तिपुर गोर्खाज पाचौँ तथा सगरमाथा अन्तिम स्थानमा रहे ।

वि.सं.२०७३ असोज १६ आइतवार ०३:२३ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...