back
CTIZAN AD

हुलाकी राजमार्ग तीव्र गतिमा निर्माण गरिने – प्रधानममन्त्री

वि.सं.२०७३ असोज १६ आइतवार

1.5K 

shares

१६ असोज, गुलरिया (बर्दिया) । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब हुलाकी राजमार्ग तीव्र गतिमा निर्माण हुने बताउनुभएको छ ।

बर्दियाको खोल्टी बजारमा शनिबार आयोजित पूर्वमन्त्री रामचरण थारुको वार्षिक स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “हुलाकी राजमार्गबारे भारतसँग पछिल्लोपटक नयाँ सम्झौता भएको छ । अब तीव्र गतिमा निर्माण हुन्छ ।”

उहाँले सम्बोधनका क्रममा सहिद तथा बेपत्ता परिवारलाई राहतस्वरुप रु पाँच लाख दिने निर्णय भइसकेकाले छिट्टै रकम उपलब्ध हुने बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्नमा बर्दिया जिल्लाले निकै त्याग गरेकाले यसलाई खेर जान नदिने प्रधानमन्त्री दाहालको भनाइ छ ।

पूर्वमन्त्री स्व रामचरण चौधरीले पारिवारिक स्वार्थभन्दा पर रहेर राष्ट्र र जनताको हितका काम गर्नुभएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले स्व चौधरीको बाटोलाई अवलम्बन गरे मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ भन्नुभयो ।

स्मृति सभामा यहाँका विभिन्न समस्यालाई लिएर एक दर्जन बढी सङ्घ संस्थाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।

वि.सं.२०७३ असोज १६ आइतवार ०३:२२ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...