Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

हुलाकी राजमार्ग तीव्र गतिमा निर्माण गरिने – प्रधानममन्त्री



१६ असोज, गुलरिया (बर्दिया) । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब हुलाकी राजमार्ग तीव्र गतिमा निर्माण हुने बताउनुभएको छ ।

बर्दियाको खोल्टी बजारमा शनिबार आयोजित पूर्वमन्त्री रामचरण थारुको वार्षिक स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “हुलाकी राजमार्गबारे भारतसँग पछिल्लोपटक नयाँ सम्झौता भएको छ । अब तीव्र गतिमा निर्माण हुन्छ ।”

उहाँले सम्बोधनका क्रममा सहिद तथा बेपत्ता परिवारलाई राहतस्वरुप रु पाँच लाख दिने निर्णय भइसकेकाले छिट्टै रकम उपलब्ध हुने बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्नमा बर्दिया जिल्लाले निकै त्याग गरेकाले यसलाई खेर जान नदिने प्रधानमन्त्री दाहालको भनाइ छ ।

पूर्वमन्त्री स्व रामचरण चौधरीले पारिवारिक स्वार्थभन्दा पर रहेर राष्ट्र र जनताको हितका काम गर्नुभएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले स्व चौधरीको बाटोलाई अवलम्बन गरे मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ भन्नुभयो ।

स्मृति सभामा यहाँका विभिन्न समस्यालाई लिएर एक दर्जन बढी सङ्घ संस्थाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ