back
CTIZAN AD

युवा उद्यमीलाई प्रोत्साहन गर्न सरकारको कार्यक्रम : एक इलाका एक व्यवसाय – अर्थमन्त्री महरा

वि.सं.२०७३ असोज १५ शनिवार

1.1K 

shares

yuwa-bishwa-samelan

१५ असोज, भक्तपुर  । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थ मन्त्रालयले एक इलाका एक व्यवसाय सञ्चालन गर्ने अभियान सुरु गर्न लागेको बताउनुभएको छ ।

आज भक्तपुरको बोडेमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली सङ्घले संयुक्तरुपमा आयोजना गरेको दुईदिने नेपाली युवाको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले युवा उद्यमीलाई प्रोत्साहन गर्न सरकारले यस्तो कार्यक्रम ल्याउन लागेको बताउनुभएको हो ।

उहाँले युवा उद्यमीलाई प्रोत्साहन गर्न रु एक अर्बको च्यालेन्ज फन्डको व्यवस्था गरेको बताउँदै देशभित्रै युवालाई परिचालित र प्रोत्साहित गर्न उपराष्ट्रपति युवा सशक्ति अभियान सञ्चालन गर्ने तयारीसमेत भएको बताउनुभयो ।

देशका ठूला र निर्णायक युवा शक्ति विदेश पलायन भइरहेको औँल्याउँदै उहाँले देश समृद्धितर्फ लम्कन नसक्नुको एउटा कारण यही भएको जिकिर गर्नुभयो ।

सम्मेलनले स्वदेशभित्रै युवा परिचालनको दुष्टिकोण निर्माण गर्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री महराले विदेशमा गएकालाई पनि स्वदेशमै आकर्षित गर्ने र युवा पलायन रोकी उनीहरुलाई यही रोजगारी दिने कार्यक्रम सम्मेलनले तय गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति एवम् युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले देशमा १६ देखि ४० वर्षका एक करोड सात लाख युवाको जनसङ्ख्या रहेको चर्चा गर्दै सरकारले युवालाई उद्यमशील बनाउने नीति अघि सारेको बताउनुभयो ।

संविधान कार्यान्वयनमा सबैको सकारात्मक भूमिका आवश्यक रहेको औँल्याउँदै उहाँले भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल, गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष जीवा लामिछानेलगायतले देशको विकासका लागि युवाले गर्नुपर्ने भूमिका र कर्तव्यका बारेमा सम्मेलनमा बहस हुने अपेक्षा गर्नुभयो ।

आइतबारसम्म चल्ने सम्मेलनमा ५० देशमा छरिएर रहेका ३०० नेपाली युवा सहभागी रहेका छन् । विभिन्न सात कार्यपत्रमाथि छलफल हुने सम्मेलनले घोषणापत्र जारी गरी सम्मेलन सम्पन्न हुनेछ । कार्यक्रममा सांसद, शिक्षाविद्, गैरआवासीय नेपाली सङ्घका वर्तमान तथा पूर्व पदाधिकारी, विभिन्न सङ्गठनमा आबद्ध अध्यक्ष एवम् प्रतिनिधिलगायतको सहभागिता रहेको छ । रासस

वि.सं.२०७३ असोज १५ शनिवार १५:२६ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...