Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

‘मेरो रेडियो’को प्रशारण सुरु



१५ असोज,काँकडभिट्टा (झापा)  । झापामा आजदेखि ‘मेरो रेडियो’ १०५ मेगाहर्जको नियमित प्रशारण सुरु भएको छ ।

जिनियस मिडिया प्रालिद्वारा सञ्चालित सो रेडियोको सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले आज उद्घाटन गर्नुभएको हो । शनिअर्जुन नगरपालिकामा स्थापित उक्त रेडियो जिल्लाको १५औं रेडियो हो । सो अवसरमा मन्त्री बुढाथोकीले स्थानीय निकायको भौगोलिक र प्रशासनिक पुनःसंरचना एकसाथ गरिनुपर्ने बताउनुभयो ।

“राज्यको भौगोलिक पुनःसंरचना मात्र सकेर निर्वाचन गराउँदा प्रशासनिक अन्योल हुन्छ, स्थानीय निकायाको निर्वाचनअघि नै दुवै क्षेत्रको पुनःसंरचना टुङ्ग्याउनुपर्छ,” उहाँले भन्नुभयो । नयाँ संविधानसँग असन्तुष्ट रहेका मधेसी दलसँग राज्यको भौगोलिक पुनः संरचनाको छिनोफानो गर्ने विषयमा वार्ता सकारात्मक ढङ्गबाट अघि बढिरहेको मन्त्री बुढाथोकीले बताउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले