back

कलर्स इपिएल क्रिकेटको फाइनलमा, पञ्चकन्यासँग भेट

वि.सं.२०७३ असोज १६ आइतवार

828 

shares
IME Limited
NTC AD

१६ असोज, काठमाडौँ । कलर्स एक्स फ्याक्टर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार विशाल वारियर्सविरुद्धको निर्णायक खेलमा वर्षा बाधक बनेपछि कलर्स भाग्यमानी बन्दै फाइनलमा प्रवेश गरेको हो ।

आज अपराह्न टस जितेर ब्याटिङ गर्न गएको कलर्सले ३.४ ओभरमा दुई विकेट गुमाएर ३७ रन बनाएको थियो । त्यसपछि निरन्तर वर्षा भएपछि खेल अगाडि बढ्न सकेन र दुवै टोलीलाई एक÷एक प्रदान गरियो । सो एक अङ्कले अन्नतः कलर्सलाई फाइदा भयो ।

यसअघिका चार खेलमा कलर्सले छ अङ्क बनाएको भने समान खेलमा विशालको पाँच अङ्क मात्र थियो । वर्षा बाधक भएपछि अङ्क बाँडिदा एक अङ्कले अगाडि रहेको कलर्सलाई फाइदा भयो । कलर्स लिगको दोस्रो हुँदै फाइनलमा प्रवेश गर्न सफल रह्यो ।

अब प्रतियोगिताको फाइनल खेल पाँच खेलमा सबै जित निकालेर लिगमा शीर्ष स्थानमा रहेको पञ्चकन्या तेज र कलर्सबीच सोमबार हुनेछ । छ टोली समावेश प्रतियोगिता राउन्डरोबिनका आधारका खेलाइएको हो ।

आजै भएको पहिलो खेलमा जगदम्बा राइनोजले सगरमाथा लेजेड्सलाई आठ विकेटले हरायो । तर त्यो नजिजाले फाइनल समीकरणलाई भने खासै असर गनेन ।

लिगमा विशाल तेस्रो, जगदम्बा चौथो, कान्तिपुर गोर्खाज पाचौँ तथा सगरमाथा अन्तिम स्थानमा रहे ।

वि.सं.२०७३ असोज १६ आइतवार ०३:२३ मा प्रकाशित

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज...

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका...

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

काठमाडौँ । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’...

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह...

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...