back
CTIZAN AD

ओमानको दशैं बद्री पंङ्गेनीको साथमा

वि.सं.२०७३ असोज १६ आइतवार

1.4K 

shares

fb_img_1475047754501

ओमान मस्कोट । बद्री पंङ्गेनी नाम सुन्नासाथ सिधै याद आउँछ । अनि मनभित्रै गुन्जिन्छ एउटा गीत ‘लाउ चेली सिन्दुर लाउ’ बोलको गीत जुन १० बर्षे सशस्त्र द्वन्द्वकालको समयमा कलिलो उमेरमा सिन्दुर पुछिएका हजारौं छोरि चेलीहरुको वेदना भुलाउन गाईएको गीत ।

जुन गीत मात्रै गीत रहेन समाज परिवर्तनको सम्बाहक पनि बन्यो । त्यस्तै ६२ – ६३ को जन आन्दोलनमा लोकतन्त्र र गणतन्त्रको स्थापनाको लागी खबरदारी गर्दै अझैपनि लोकतन्त्र आको छैन है, जनताले भने झैं भाको छैन है, भनेर गीत मार्फत जनताको आवाज उठाउने उनै जन गायक बद्री पंङ्गेनी ञप्रवासी नेपाली मञ्चझओमानको आयोजना मा ञजन साँस्कृतिक मञ्चझ ओमानको दोश्रो प्रस्तुति ञदशैं विशेषझ कार्यक्रम को लागि ओमान मा आउँदै छन । पि. एन. क्याम्पस, जेठो छोरो कहाँ छ कहाँ, हात हेराउदा ज्योतिषीले, छुट्टी पाउदिन जस्ता अनेकौं लोकप्रिय गीतहरु गाएर नेपाली जनताको बिचमा लोकप्रिय बनेका बद्री पंङ्गेनी भर्खरै सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको छैठौं महाधिवेशन बाट अध्यक्ष मा निर्बाचित भएका उनी अहिले राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको अध्यक्ष पनि हुन ।
यहि अक्टोबर ७ तारिख शुक्रबार को दिन ओमान मस्कट रुविको अलमासा हलमा हुन गैइरहेको उक्त कार्यक्रममा बद्री पंङ्गेनिको साथै अन्तरा साङ्गीतिक समूहको साङ्गीतिक प्रस्तुतिको साथमा राष्ट्रिय कलाकार हरु अशोक राई, संजय तुम्रुक र दुर्गा परियार पनि आउँदै छन ।
अशोक राई प्रगतिशील, जनबादी र देशभक्तिका गीतहरुमा सङ्गीत दिनुका साथै पेशागत रूपमा पनि विभिन्न ख्याती प्राप्त चर्चित गीतहरुमा सङ्गीत दिईसक्नु भएको छ । प्रगतिशील, जनबादी गीतमा रुचि राख्ने संजय तुम्रुक नेपाल प्रहरीमा २०६६ सालदेखि म्युजिक भोकलिस्ट को काम गर्नुहुन्छ । त्यस्तै २०६३ सालमा पूर्बान्चल आईडल प्रतियोगितामा बिजयी भएका उनी सोही बर्ष रेडियो नेपाल द्वारा सञ्चालन गरिएको आधुनिक गेर्त प्रतियोगितामा पनि प्रथम भएका थिए । सुर, नौलो कथा, सेबारो, साँचो जस्ता चर्चित एल्बम निकालिसकेका उनी विभिन्न नेपाली फिल्महरुमा गीत गाईसकेका छन । यी कलाकार हरुको साथमा अर्कि गायिका दुर्गा परियार पनि सोही कार्यक्रमको लागि ओमान आउँदै छिन ।
बिद्यालय समयमै राष्ट्रिय जन साँस्कृतिक मञ्च नेपाल, पोखरा बाट आफ्नो कलाकारिता शुरु गरेकि उनी नेपाल टेलिभिजन द्वारा सञ्चालन गरिएको खोजी प्रतिभा नेपाल २०६८ कि बिजेता हुन । गण्डकी तारा फस्र्ट रनर अप २०६५ र बिग सिंङ्गिग प्रतियोगिता २०६६ मा टप ६ भित्र परेकी थिईन । निउ आर्टिस्ट अफ द एअर २०६८ अन्नपूर्ण रेडियो, बेस्ट प्लेब्याक सिंङ्गर फिमेल दोश्रो २०६९ म्युजिक आबार्ड, बेस्ट प्लेब्याक सिंङ्गर फिमेल तेश्रो राष्ट्रिय राप्ती म्युजिक आबार्ड २०७०, पाईसकेकी उनी दर्जन भन्दा बढी फिल्महरुमा प्लेब्याक सिंङ्गिग गरिसकेकी छिन । ध्रुब सत्य र ऐना एल्बम निकाली सकेकी दुर्गा परियार पनि सो कार्यक्रम को लागि आउँदै छिन । यता आयोजक प्रवासी नेपाली मञ्चले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ, भने ओमान स्थित प्रवासी नेपालीहरु कार्यक्रम को प्रतीक्षा गरिरहेका छन ।

वि.सं.२०७३ असोज १६ आइतवार ०५:१२ मा प्रकाशित

सवारी दुर्घटनामा चालकको मृत्यु

सवारी दुर्घटनामा चालकको मृत्यु

बागमती । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

तेह्रथुम । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले...

तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य

तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...