back
CTIZAN AD

मान्छे, सर्प र साधुहरू

वि.सं.२०७५ असार २ शनिवार

1.4K 

shares

सर्पले विष खाएर पनि विषै ओकल्छ
अण्डा खाएर पनि विषै ओकल्छ
र दूध खाएर पनि विषै ओकल्छ
त्यसैले सर्प अर्थात विष
विष अर्थात सर्प

सर्प मान्छे र मान्छे सर्प उस्तै हुन थालेपछि
घस्रने सर्प र हिँड्ने सर्पबीच
त्यति फरक नपाइँदो रहेछ
यति हो
फरक मनले महसुश गर्नुपर्छ
अनि थाहा हुन्छ
घस्रने सर्पभन्दा हिँड्ने सर्प धेरै कालो हुँदोरहेछ ।

हिजोआज सर्पहरूको संरक्षणमा पनि कानून बनेको छ
सर्प मार्न पाइदैन
त्यसैले विषालु सर्पहरूको बिगबिगी बढेको छ ।

सुरुमा विचरा भए सर्पहरू
साधुसन्तहरूले संरक्षण गरे
दूध पिलाएर हुर्काए सर्पहरूको समाज
हिजोआज तपोवनहरूमा
सर्पहरूको समाज बढेपछि
साधुहरू दूधमा पनि विष देख्न थालेकाछन् ।

साधुहरूमा स्वार्थ हुँदैन
साधुहरूको वर्ग हुँदैन
साधुहरूको जात हुँदैन
साधुहरूमा भेद–विभेद हुँदैन
साधुहरूको पहिचान नै–
शान्ति हो
ज्ञान हो
प्रतिष्ठा हो
मान र मर्यादा हो ।

तर सर्पहरूको वर्ग हुन्छ
सर्पहरूको जात हुन्छ
सर्पहरूमा भेद–विभेद हुन्छ
सर्पहरूको पहिचान नै–
विष हो
अशान्ति हो
कोलाहाल हो
र क्रोध हो ।

सर्पले सर्पलाई टोक्न थालेपछि
आफै ध्वस्त हुन्छ
सर्पहरूको वस्ती ।

इति

वि.सं.२०७५ असार २ शनिवार १०:४९ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्धारा पुरस्कार तथा सम्मानको घोषणा

पुष्पपराग साहित्य प्रतिष्ठानद्धारा पुरस्कार तथा सम्मानको घोषणा

काठमाडौँ । पुष्पपराग साहित्य प्रतिष्ठान भक्तपुरले ११औँ वार्षिक उत्सवका अवसरमा...

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा १२औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा १२औँ रचना वाचन सम्पन्न

काठमाडौँ । पुष्पपराग साहित्य प्रतिष्ठान को आयोजनामा १२ औँ रचना...

चारु

चारु

उत्तम विचार,काठमाडौँ सक्दैन जित्न युद्धले मन बुझ्नुपर्छ जतिसुकै मिलोस् समर्थन...

सुसेली : देशको कथा

सुसेली : देशको कथा

ललिता ‘दोषी’,बुद्धनगर , काठमाडौँ १. देश रुँदै छ आफ्नै स्वार्थ...

झिल्का कविता

झिल्का कविता

शम्भु गजुरेल, सिन्धुली १) सम्झाउन साह्रै गाह्रो तर सबैभन्दा त...

गजल

गजल

एकनारायण चापागाईं,दाङ कलम कापी किनेको सम्झना आयो पसल गर्दा चिनेको...