back
CTIZAN AD

औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदनको काम अन्तिम चरणमा

वि.सं.२०७५ असार १४ बिहीवार

789 

shares

 

१४ असार, रत्ननगर, चितवन । शक्तिखोरस्थित औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको छ ।

यसको वातावरण प्रभाव मूल्यांकन (इआइए) को काम शुरु भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतका अनुसार असार पहिलो साताबाट सूचना जारी गरी इआइएको प्रक्रिया शुरु गरिएको हो ।

बस्नेतका अनुसार यही असार ७ गते प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन (इआइए)का लागि सूचना जारी भइसकेको छ । मुलुकका विभिन्न ठाउँमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भइसकेकाले ती क्षेत्रमा पनि निर्माणको काम तीव्र पारिएको छ ।

“शक्तिखोर र झापाको दमकलाई प्राथमिकता दिएका छौँ,” उनले भने । विसं २०७३ फागुन ३ गते बसेको मन्त्रिपरिषद् बैठकले औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो ।

चितवनको शक्तिखोरमा एक हजार ७४१ बिघा क्षेत्रमा औद्योगिक क्षेत्र बनाइँदैछ । सरकाले प्रदेश नं १, २, ४ र ६ मा एक÷एक, प्रदेश नं ३ मा २, प्रदेश नं ५ मा ३ र प्रदेश नं ७ मा दुईवटा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको छ ।

शक्तिखोरस्थित पूर्वमाओवादी लडाकुको शिविर नजिक एक हजार ७४१ बिघा क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने काम थालिएको हो । डिपिआर र इआइएको काम सकिएपछि व्यवस्थापन र निर्माणको काम थालिने बताइएको छ । चितवनमा २५ प्रतिशत मात्रै रूख काटिने र त्यसमा पनि कुकाठ पर्नेछ । वातावरणमैत्री र पार्कसहितको अत्याधुनिक औद्योगिक क्षेत्र निर्माण हुने अध्यक्ष बस्नेत बताउँछन् ।

कूल क्षेत्रमध्ये २५ प्रतिशत पार्कलाई छुट्याउनुपर्ने व्यवस्था छ । अब बन्ने औद्योगिक क्षेत्र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक बन्ने बताइएको छ । पच्चिस प्रतिशत क्षेत्रमा पार्क हुनेछ । क्षेत्रभित्रै विद्यालय, खेलमैदान तथा अस्पताल बनाइनेछ । औद्योगिक क्षेत्र भित्रै अपार्टमेन्टसमेत निर्माण गरिने बस्नेत बताउँछ्न् । आवासीय रुपमा मजदुर रहने व्यवस्था हुनेछ ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले यहाँ औद्योगिक क्षेत्र निर्माण हुन लागेकामा खुशी व्यक्त गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले औद्योगिक क्षेत्र निर्माणका लागि शुरुदेखि नै संघले पहल गरिरहेकाले अहिले काम तीव्र गतिमा अघि बढेको भन्दै आगामी एक वर्ष भित्रमा पहिलो ब्लकको संरचना निर्माण हुने आशा व्यक्त गरे । (रासस)

वि.सं.२०७५ असार १४ बिहीवार १५:२९ मा प्रकाशित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...