back
CTIZAN AD

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई

वि.सं.२०७३ असोज १९ बुधवार

1.1K 

shares

१९ असोज, स्टकहोम (स्वीडेन) । सन् २०१६ का लागि भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार यस बिधामा उल्लेख्य योगदान पु¥याएवापत डेभिड जे थाउलस, एफ डङ्कन एम हाल्डेन र जे मिखायल कोस्टर लिजलाई प्रदान गरिने भएको रोयल एकेडेमी अफ साइन्सेजले मङ्गलबार घोषणा गरेको छ ।

उहाँहरूलाई भौतिक शास्त्रअन्तर्गतको सांस्थितिक अवस्थामा हुने परिवर्तन तथा महत्वका बारेमा सैद्धान्तिक अनुसन्धानात्मक अध्ययनका लागि गरेको भूमिकाको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार घोषणापछि छोटो प्रतिक्रिया दिँदै सम्मानित वैज्ञानिक हाल्डेनले आफू भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारद्वारा सम्मानित भएको समाचारले हर्षित बनाएको बताउनुभयो ।

उहाँले आफ्ना अनुसन्धानबाट यसअघि उपेक्षित अवस्थामा रहेका महत्वपूर्ण कुरा पत्ता लगाएको बताउनुभयो । उहाँले आफूहरूको समूहले गरेको अनुसन्धानबाट धेरै नयाँ पदार्थको खोजी गर्ने बाटो पहिल्याएकोे दाबीसमेत गर्नुभयो ।

यस वर्षको पुरस्कारको राशि ८० लाख स्वीडिस क्रोना अर्थात् नौ लाख ३० हजार अमेरिकी डलर भएको र तीनै जना वैज्ञानिकलाई दामासाहीले वितरण गरिने एकेडेमीले बताएको छ । सिन्ह्वा

वि.सं.२०७३ असोज १९ बुधवार ०४:०९ मा प्रकाशित

शिक्षामन्त्री प्रधानको राजीनामापछि आन्दोलनबाट फिर्ता भयो सिजेपी 

शिक्षामन्त्री प्रधानको राजीनामापछि आन्दोलनबाट फिर्ता भयो सिजेपी 

नयाँ दिल्ली । भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा...

सबैको मन जितेको अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

सबैको मन जितेको अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा, जापान । जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै...

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

दिल्ली । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को...

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...