Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई



१९ असोज, स्टकहोम (स्वीडेन) । सन् २०१६ का लागि भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार यस बिधामा उल्लेख्य योगदान पु¥याएवापत डेभिड जे थाउलस, एफ डङ्कन एम हाल्डेन र जे मिखायल कोस्टर लिजलाई प्रदान गरिने भएको रोयल एकेडेमी अफ साइन्सेजले मङ्गलबार घोषणा गरेको छ ।

उहाँहरूलाई भौतिक शास्त्रअन्तर्गतको सांस्थितिक अवस्थामा हुने परिवर्तन तथा महत्वका बारेमा सैद्धान्तिक अनुसन्धानात्मक अध्ययनका लागि गरेको भूमिकाको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार घोषणापछि छोटो प्रतिक्रिया दिँदै सम्मानित वैज्ञानिक हाल्डेनले आफू भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारद्वारा सम्मानित भएको समाचारले हर्षित बनाएको बताउनुभयो ।

उहाँले आफ्ना अनुसन्धानबाट यसअघि उपेक्षित अवस्थामा रहेका महत्वपूर्ण कुरा पत्ता लगाएको बताउनुभयो । उहाँले आफूहरूको समूहले गरेको अनुसन्धानबाट धेरै नयाँ पदार्थको खोजी गर्ने बाटो पहिल्याएकोे दाबीसमेत गर्नुभयो ।

यस वर्षको पुरस्कारको राशि ८० लाख स्वीडिस क्रोना अर्थात् नौ लाख ३० हजार अमेरिकी डलर भएको र तीनै जना वैज्ञानिकलाई दामासाहीले वितरण गरिने एकेडेमीले बताएको छ । सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको