back
CTIZAN AD

मध्यपूर्व र उत्तरी अफ्रिका चुनौतीपूर्ण आर्थिक अवस्थामा

वि.सं.२०७३ असोज १९ बुधवार

1K 

shares

१९ असोज, दुबई । अन्तर्राष्ट्रिय मुदाकोषले मङ्गलबार एक प्रतिवेदन सार्वजनिक गर्दै मध्यपूर्व तथा उत्तरी अफ्रिकामा क्षेत्रीय तनाव र गृहयुद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएपछि यस क्षेत्रको जनजीवन आगामी दिनमा आर्थिक रूपमा पनि सङ्कटपूर्ण रहने जनाएको छ ।

कोषले गरेको विश्वको आर्थिक सर्वेक्षण प्रतिवेदनमा भनेको छ, पेट्रोलियम पदार्थमा आएको सामान्य सुधारबाट मध्यपूर्वी तथा उत्तर अफ्रिकी मुलुकको आर्थिक वृद्धिमा खासै प्रभाव पार्न नसक्ने देखिएकोे छ ।

प्रतिवेदनमा दोस्रो विश्वयुद्धपछि पनि यी दुई क्षेत्रका मुलुकले अन्य राष्ट्रको तुलनामा द्वन्द्वका कारण सिरियालगायतका केही मध्यपूर्वी देशहरूमा ठूलो मात्रामा जनधनको क्षति परेको र यी देशहरूमा यसको असर लामो समय आर्थिक सङ्कट रहने मुद्राकोषको भनाई छ ।

मध्यपूर्वी क्षेत्रका सिरिया, इराकलगायतका केही देशमा आन्तरिक शरणार्थीको ठूलो बोझ रहेको छ भने यी देश छोडी छिमेकी मुलुक तथा युरोप र अमेरिका पुग्ने मानिसको भीड पनि सानो छैन ।

सिरिया तथा इराकको द्वन्द्वबाट उम्कन लेबनान तथा जोर्डन पुग्ने आप्रवासीका कारण लेबनानको जनसङ्ख्या एक चौथाईले वृद्धि भएको छ भने जोर्डनको जनसङ्ख्या पनि यसै अनुपातले बढेको छ जसका कारण यी गरिब मुलुकमा जनजीवन प्रभावित बनेको छ ।

सन् २०१६ को जनवरीमा पेट्रोलियम पदार्थमा आएको झन्डै ५० प्रतिशत गिरावट अर्थात् प्रति ब्यारल ४३–४५ अमेरिकी डलर पुगेपछि यसैलाई प्रमुख आम्दानीको स्रोत बनाएका राष्ट्रहरूमा आर्थिक अवस्था कमजोर बन्न पुगेको हो । एएफपी

वि.सं.२०७३ असोज १९ बुधवार ०४:०८ मा प्रकाशित

शिक्षामन्त्री प्रधानको राजीनामापछि आन्दोलनबाट फिर्ता भयो सिजेपी 

शिक्षामन्त्री प्रधानको राजीनामापछि आन्दोलनबाट फिर्ता भयो सिजेपी 

नयाँ दिल्ली । भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा...

सबैको मन जितेको अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

सबैको मन जितेको अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा, जापान । जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै...

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

दिल्ली । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को...

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...