back

मध्यपूर्व र उत्तरी अफ्रिका चुनौतीपूर्ण आर्थिक अवस्थामा

वि.सं.२०७३ असोज १९ बुधवार

60 

shares

१९ असोज, दुबई । अन्तर्राष्ट्रिय मुदाकोषले मङ्गलबार एक प्रतिवेदन सार्वजनिक गर्दै मध्यपूर्व तथा उत्तरी अफ्रिकामा क्षेत्रीय तनाव र गृहयुद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएपछि यस क्षेत्रको जनजीवन आगामी दिनमा आर्थिक रूपमा पनि सङ्कटपूर्ण रहने जनाएको छ ।

कोषले गरेको विश्वको आर्थिक सर्वेक्षण प्रतिवेदनमा भनेको छ, पेट्रोलियम पदार्थमा आएको सामान्य सुधारबाट मध्यपूर्वी तथा उत्तर अफ्रिकी मुलुकको आर्थिक वृद्धिमा खासै प्रभाव पार्न नसक्ने देखिएकोे छ ।

प्रतिवेदनमा दोस्रो विश्वयुद्धपछि पनि यी दुई क्षेत्रका मुलुकले अन्य राष्ट्रको तुलनामा द्वन्द्वका कारण सिरियालगायतका केही मध्यपूर्वी देशहरूमा ठूलो मात्रामा जनधनको क्षति परेको र यी देशहरूमा यसको असर लामो समय आर्थिक सङ्कट रहने मुद्राकोषको भनाई छ ।

मध्यपूर्वी क्षेत्रका सिरिया, इराकलगायतका केही देशमा आन्तरिक शरणार्थीको ठूलो बोझ रहेको छ भने यी देश छोडी छिमेकी मुलुक तथा युरोप र अमेरिका पुग्ने मानिसको भीड पनि सानो छैन ।

सिरिया तथा इराकको द्वन्द्वबाट उम्कन लेबनान तथा जोर्डन पुग्ने आप्रवासीका कारण लेबनानको जनसङ्ख्या एक चौथाईले वृद्धि भएको छ भने जोर्डनको जनसङ्ख्या पनि यसै अनुपातले बढेको छ जसका कारण यी गरिब मुलुकमा जनजीवन प्रभावित बनेको छ ।

सन् २०१६ को जनवरीमा पेट्रोलियम पदार्थमा आएको झन्डै ५० प्रतिशत गिरावट अर्थात् प्रति ब्यारल ४३–४५ अमेरिकी डलर पुगेपछि यसैलाई प्रमुख आम्दानीको स्रोत बनाएका राष्ट्रहरूमा आर्थिक अवस्था कमजोर बन्न पुगेको हो । एएफपी

वि.सं.२०७३ असोज १९ बुधवार ०४:०८ मा प्रकाशित

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

नोम पेन्ह । विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ...