Logo
१६ मंसिर २०७९, शुक्रबार
     Fri Dec 2 2022
E-paper
  English Edition
   Unicode
Logo

पुटिन र एर्डोगानबीच भेटवार्ता हुने



१९ असोज, मस्को (रसिया) । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अक्टोबर १० मा टर्कीको भ्रमण गरी राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टर्कीलगायत यस क्षेत्रका मुलुकको सुरक्षा चासो, आर्थिक विकास र सामुदायिक सद्भावका लागि छलफल गर्नु हुने भएको छ ।

इन्टर फ्याक्स न्युज एजेन्सीले क्रेमलिनलाई उद्धृत गर्दै भनेको छ, पुटिनको टर्की भ्रमणका क्रममा विश्व ऊर्जा सम्मेलन तथा द्विपक्षीय भेटघाटका बारेमा दुई नेताले अक्टोबर १० मा उक्त विषयमा सम्बोधन गर्नेसमेत कार्यक्रम छ ।

इस्तानबुलले मस्को युद्धक विमान खसालेपछि बिग्रीएको सम्बन्ध टर्कीका राष्ट्रपति एर्डोगानले विमान खसाल्नु आफ्नो मुलुकको कमजोरी भएको भनी पुटिनसँग आत्मालोचना गरेपछि यसअघि न पनि एर्डोगान र पुटिनबीच वार्ता भएको थियो ।

रसियाले सिरियाको सरकारलाई र टर्कीले विद्रोहीलाई सहयोग पु¥याइरहेको अवस्थामा पुटिन र एर्डोगानबीचको भेटमा सम्भवत सिरिया सङ्कट समाधानमा दुई देशका नेताबाट आ–आफ्ना धारणासमेत सम्मेलनमा व्यक्त हुने अपेक्षा राखिएको छ ।

भ्रमणबाट सिरिया द्वन्द्व समाधानका लागि यी दुवै छिमेकीको संयुक्त प्रतिबद्धतासमेत आउने बताइएको छ । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला कुन दलले राष्ट्रिय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म चार

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको