Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

‘बूढीगण्डकीमा स्थानीयवासीको सेयर लगानी सुनिश्चित गरिन्छ ‘



budhigandaki

 काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनामा स्थानीय प्रभावितले समेत लगानी गर्न पाउने व्यवस्था गर्न लागेको छ ।

बहुउद्देश्यीय र ठूलो लगानीको आयोजना भएकाले तत्काल प्रतिफल नआउने भएकाले स्थानीय प्रभावितलाई सहभागी गराउने वा नगराउने भन्ने बारेमा अन्यौल रहेको बेला सरकारले स्थानीयवासीको लगानीको हक कायमै रहेको जनाएको हो ।

ऊर्जा मन्त्रालयमा मंगलबार आयोजित पत्रकारसम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले बूढीगण्डकी लगानीका हिसाबले महङ्गो आयोजना भएकाले सरकार आफैँले बनाउने र स्थानीयवासीलाई समेत सेयर लगानीका लागि आग्रह गरिने जानकारी दिनुभयो ।

“छोटो समयमा प्रतिफल दिने आयोजनामा स्थानीय प्रभावितलाई लगानीका लागि आग्रह गर्दा त्यसले गुणात्मक प्रतिफल दिने भए पनि बूढीगण्डकी जस्ता ठूला आयोजनामा पनि स्थानीयवासीलाई सहभागी गराउने र उनीहरुको सेयर लगानीको प्रत्याभूति गर्ने पक्षमा हामी छौँ”, ऊर्जामन्त्री शर्माले भन्नुभयो, “बूढीगण्डकी प्रभावितले सेयर लगानी गर्न पाउँदैनन् भनेर गरिएको हल्ला पूर्णतः निराधार छ ।”

उहाँले चिलिमे जलविद्युत् आयोजनाको मोडल नेपालमा सफल मोडलका रुपमा स्थापित भएकाले सोही तरिकाले केही आयोजना अगाडि बढाउने सोचमा मन्त्रालय रहेको जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेका केही आयोजना नयाँ कम्पनी बनाएर अगाडि बढाउने सोचमा मन्त्रालय रहेको जानकारी दिँदै उहाँले प्राधिकरणलाई सुधार गर्ने योजनासमेत प्रस्तुत भएको बताउनुभयो ।

एक सय मेगावाटसम्मका आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने अख्तियारीसमेत प्राधिकरणका कार्यकारी निर्देशकलाई दिइएको र त्यसले कार्यसम्पादनमा महत्वपूर्ण प्रगति हुने उहाँको कथन थियो ।

सो अवसरमा मन्त्री शर्माले हालसम्म मन्त्रालय र मन्त्रालय मातहत भए गरेका काम कारबाहीको जानकारीसमेत दिनुभएको थियो ।


-->

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण

नयाँदिल्ली । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीनजना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति