back
CTIZAN AD

काँग्रेसभित्र गुटबन्दी बढ्दो – बुद्धिजीवीहरु

वि.सं.२०७३ असोज १९ बुधवार

1.1K 

shares

१९ असोज, काठमाडौं  । सरकारभन्दा पनि सरकारी कार्यक्रम लागू गर्ने संस्था, संयन्त्र र प्रणाली अस्थिर हुँदा आर्थिक समृद्धि हुन नसकेको बुद्धिजीवीहरुले बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले मंगलबार यहाँ आयोजना गरेको “वर्तमान अवस्थाप्रति प्रजातान्त्रिक समाजको दृष्टिकोण” बिषयक अन्तक्र्रियाका सहभागीले राजनीतिक क्रान्तिको सफलतापछि आर्थिक एजेण्डा सहितको विकास कार्यक्रममा ध्यान दिन नसक्दा आर्थिक विकासले गति लिन नसकेको बताए ।

उनीहरुले नेपाली काँग्रेसले सहमति, सहकार्य र एकताको नाममा सिद्धान्त विर्सदै गएको र पार्टीभित्र आन्तरिक लोकतान्त्रिक संस्कृतिको सट्टा गुटवन्दी बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले लोकतान्त्रिक व्यवस्थामा राज्य र राजनीतिक दलमा व्यक्तिभन्दा संस्था, संयन्त्र र लोकतान्त्रिक संस्कृति सुदृढ हुन नसक्दा विकास निर्माण, सुशासन र राज्यले दिने सेवामा प्रभावकारिता आउन सकेको छैन भन्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानबाट प्राप्त मुख्य उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुको विकल्प नरहेको बताउँनुभयो ।

वरिष्ठ पत्रकार होमनाथ दाहालले प्रजातन्त्रविरोधी शक्ति सबैतिर स्थापित हुँदै गरेको तथा राष्ट्रियता संकटमा परेको बेला सहमति, सहकार्य र एकताको नाउँमा काँग्रेसले सिद्धान्त विर्सदै जाँदा मुलुकमाथिनै संकट थपिदै गएको धारणा राख्नुभयो ।

उहाँले वीपी, गणेशमान, सुवर्ण शमशेर जस्ता नेताहरुले बालेको प्रजातन्त्रको दियोमा तेल थप्दै जानुपर्नेमा पार्टीभित्र महाधिवेशनपछि गुटवन्दी बढेर मुख्य विषयहरुमा नेताहरुबीच स्वभाविक छलफल नहुनु चिन्ताको विषय हो भन्नुभयो ।

वरिष्ठ पत्रकार एवम राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले काँग्रेसले आफ्नो आदर्श, सिद्धान्त, कार्यक्रम र रणनीतिलाई समयानुकुल परिभाषित गर्नुपर्ने धारणा राख्दै पार्टीमा बढ्दो गुटवन्दीले लोकतान्त्रिक संस्कृति, संगठन र सिद्धान्त कमजोर बनाउँदै लगेको छ भन्नुभयो ।

“पार्टीका निकाय र सरकारमा नियुक्ती हुँदा गुटउपगुटका मान्छे नियुक्त हुन्छन्, काँग्रेसका हुँदैनन्, अहिले काँग्रेस पार्टीभित्र काँग्रेस बन्ने संस्कृतिको निर्माण गर्नुपर्ने आवश्यकता छ,” दाहालले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले प्रजातान्त्रिक सिद्धान्तले स्वतन्त्रता र समुन्नती दिएन भने त्यहाँ नेतृत्व असफल हुन्छ भन्दै पुँजीको विकास, सामाजिक सुरक्षा र पुँजीको पुर्नवितरण सहित स–साना उद्यम व्यवसाय धेरै संख्यामा गरेर आर्थिक विकासलाई अघि बढाउन सकिन्छ भन्नुभयो ।

उहाँले सरकार अस्थिर भएर विकासमा बाधा पर्दैन बरु त्यसलाई लागू गर्ने संस्था, संयन्त्र र प्रणाली अस्थिर भएमा सुशासन र विकासमा बाधा पुग्छ भन्नुभयो ।

कुटनीतिज्ञ डा. शंभुराम सिंखडाले काँग्रेसलाई अरु कसैले होइन आफैभित्रको झगडा र गुटवन्दीले कमजोर बनाउने गरेको छ भन्दै सिद्धान्तको राजनीति र निष्ठावान नेतृत्वले संगठनको माध्यमबाट जनताले चाहेको विकास गर्न सक्नुपर्छ भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्यद्वय प्रभु बुढाथोकी र धीरेन्द्रमान प्रधानले एउटा भन्ने तर अर्को काम गर्ने, निराशा बढाउने र आपसमा विश्वास नगर्ने प्रवृत्ति तथा बुद्धिजीवीले पनि समस्या उठाउने तथा समाधान नदिने गर्दा देशमा झनझन समस्या बढ्दै गएको धारणा राख्नुभयो ।

समाजका अध्यक्ष डा. केदारनरसिंह केसीको सभापतित्वमा भएको सो कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले र महासचिव गोकर्ण अर्यालले व्यक्तिभन्दा विचार, सिद्धान्त, संस्था र सयन्त्र राम्रो हुँदा मात्र राजनीतिक दल र लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ भन्नुभयो ।

वि.सं.२०७३ असोज १९ बुधवार ०३:५५ मा प्रकाशित

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

काठमाडौं । सरकारले चार वटा स्वास्थ्यसम्बन्धी निकायमा नयाँ पदाधिकारी नियुक्त...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौं । नेपालमा हरित अर्थतन्त्रको विकास गर्दै युवाका लागि दिगो...