back
CTIZAN AD

ग्राण्डी अस्पतालको छतमा हेलिकोप्टर दुर्घटना

वि.सं.२०७५ असार १६ शनिवार

699 

shares

१६ असार, काठमाडौँ । सिम्रिक एयरको हेलिकोप्टर ग्राण्डी अस्पतालको छतमा दुर्घटनाग्रस्त भएको छ ।

आज दिउँसो १४ः३० बजे ग्राण्डी अस्पतालको छतमा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो ।

नाइन एन ए एल आर कलसाइन भएको उक्त हेलिकोप्टर अवतरण गरिसकेपछि नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको हो ।

ग्राण्डी अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले अवतरण भइसकेपछि चालकले हेलिकोप्टर नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको हेलिकोप्टर हेलिप्याडबाट तल्लो तल्लामा खसेको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएपनि हेलिकोप्टरको पखेटामा क्षति पुगेको छ । जनसम्पर्क अधिकृत अधिकारीले चितवनमा एक संवेदनशील समस्याको उपचारका लागि चिकित्सक, उपचारका सामग्रीसहित जाने लक्ष्यका साथ सो हेलिकोप्टर ग्राण्डी अस्पतालको हेलिप्याडमा अवतरण गरेको थियो । अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी दुर्घटनाका बारेमा जानकारी समेत दिएको छ ।

काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले अवतरणको क्रममा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिए । उनले दुर्घटनामा हेलिकोप्टरको पखेटामा क्षति पुगेको भए पनि अन्य कुनै मानवीय क्षति भने नभएको बताए ।(रासस)

वि.सं.२०७५ असार १६ शनिवार १८:१९ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...