back
CTIZAN AD

एक अर्ब बढीको शेयर कारोबार

वि.सं.२०७५ असार १६ शनिवार

792 

shares

१६ असार, काठमाडौँ । धितोपत्र बजारमा यस साता कूल १८६ कम्पनीको रु एक अर्ब चार करोड १६ लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार ३६ लाख ७९ हजार ६०० कित्ता शेयर यस साता खरिद बिक्री भएको हो ।

कारोबार रकम गत साताको भन्दा ७ दशमलव २५ प्रतिशत कम हो । गत साता १९० कम्पनीको ४९ लाख ६१ हजार ११० कित्ता शेयर रु एक अर्ब १२ करोड ३१ लाख एक हजार बराबरका खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१ द्यशमलव २७ अंकले घटेर अन्तिम दिन ११९८ दशमलव ५४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ९५ अंकले घटेर २५२ दशमलव ०९ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु चार करोड १५ लाख ४० हजार बराबरको शेयर कारोबार भएको छ । यस्तै कारोबार भएको शेयर संख्याका आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ ।

सो बैंकको दुई लाख ३६ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

वि.सं.२०७५ असार १६ शनिवार १८:२४ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...