back
CTIZAN AD

प्रदेश ७ को आगामी आवको बजेट पारित

वि.सं.२०७५ असार १६ शनिवार

687 

shares

१६ असार, धनगढी । प्रदेश ७ को प्रदेशसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक २०७५/०७६ को बजेट तथा उक्त बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७५ पारित गरेको छ ।

बैठकले आव २०७५/०७६ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ समेत पारित गरेको छ । सभामुख अर्जुनबहादुर थापाले ती विधेयक निर्णयार्थ पेश गर्दा बैठकले पारित गरेको हो ।

यसअघि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले उक्त प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गरेका थिए ।

आगामी आवका लागि प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा प्रदेशसभाका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै योजनामन्त्री बोहराले सबैलाई साथमा लिएर सरकारले प्रदेशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सरकारले विधि र नीतिको पालना गर्दै बजेट विनियोजनका सम्बन्धमा प्रतिपक्षीसँग भएको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभाको पहिलो बैठकमा आव २०७५/७६ को बजेट माथि भएको छलफलमा प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, तारा लामा तामाङ, कृष्णबहादुर चौधरी र वीरमान चौधरीले भाग लिएका थिए ।

प्रदेश नं ७ को सरकारले यही असार १ गतेको प्रदेशसभाको बैठकमा आव २०७५/७६ का लागि रु २५ अर्ब छ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको थियो ।

कुल विनियोजितमध्ये चालुतर्फ रु १३ अर्ब ३५ करोड आठ लाख एक हजार अर्थात् ५३.२६ प्रतिशत र पूँजीगततर्फ रु ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार अर्थात ४६.७४ प्रतिशत रहेको छ । प्रदेशसभाको अर्को बैठक असार १८ गते बिहान ८ बजे बस्नेछ । (रासस)
–––

वि.सं.२०७५ असार १६ शनिवार १८:३८ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...