back
CTIZAN AD

विज्ञान प्रविधिको प्रयोगले राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ: पूर्व अर्थमन्त्री महत

वि.सं.२०७३ असोज १९ बुधवार

894 

shares

ram-sharan-mahat

१९ असोज,पर्सा । पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले विज्ञान र प्रविधिको प्रयोगले नै नेपालमा द्रूत आर्थिक विकास गर्न सकिने बताउनुभएको छ ।

हरिखेतान बहुमुखी क्याम्पसले यहाँ आज आयोजना गरेको विज्ञान सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – विज्ञान र प्रविधिको माध्यवाट कृषिमा यान्त्रिकीकरण र मुलुकमा औद्योगिकीकरण गरेर अघिबढेमा राष्ट्रलाई समृद्ध बनाउन धेरै समय लाग्दैन् ।

नेपाली काँग्रेसमन नेता समेत रहनुभएका डा महतले विज्ञान र प्रविधिकै बलमा केही वर्षमै समृद्ध बनेका दर्जनाँै राष्ट्र रहेका छन भन्दै प्रकृतिक स्रोत साधनको अधिकतम सदुयपोग गरी विज्ञान प्रविधिलाई अपनाउन सके नेपाललाई उन्नतिको बाटोमा डो¥याउन सकिने बिचार व्यक्त गर्नुभयो ।

राजनीतिक अस्थिरतालाई अन्त्य गर्न दलहरु गम्भीर हुन आवश्यक रहेको बताउँदै उहाँले अब दलिय भागबन्डाबाटमाथि उठेर देश हितका विषयमा दल गम्भीर हुनुपर्नेमा जोडदिनुभयो ।

हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख भगवान यादवको अध्यक्षतमा सम्पन्न सम्मेलनमा समाजसेवी तथा वरिष्ठ उद्योगपति विश्वनाथ साह, सांसद राजेन्द्रबहादुर अमात्य, पूर्व सभासद आजयकुमार द्विवेदी, सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानीलगायतले राष्ट्र विकासका लागि देशका नागरिक नैतिकवान हुनु आवश्यक रहेको बताउँदै विद्यायको पाठक्रममा नैतिक शिक्षालाई लागू गर्न सरकारसँग माग गर्नुभयो ।

विज्ञान र प्रविधि भित्र्याए पनि प्रयोगकर्ता नैतिकवान नभए त्यसले राष्ट्र र मानवतालाई नै नोक्सान पु¥याउने उनीहरुले धारणा व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ असोज १९ बुधवार १०:३१ मा प्रकाशित

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...