back
CTIZAN AD

स्पेनी फुटबल टोलीको प्रशिक्षकमा बार्साका पुर्वप्रमुख लुइस नियुक्त

वि.सं.२०७५ असार २५ सोमवार

768 

shares

२५ असार, मड्रिड । बार्सिलोना फुटबल क्लवका पुर्व प्रमुख तथा प्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् ।
राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइलाई हटाएर लुइसलाई सोमबार उनको सट्टामा नियुक्त गरिएको हो ।
विश्वकप फुटबल प्रतियोगितामा अनपेक्षित असफलता भएकाले राष्ट्रिय फुटबललाई नयाँ तरिकाले अगाडी बढाउनुपर्ने भन्दै उनलाई हटाइएको अधिकारीहरूले जनाएका छन् ।
“लुइस इन्रीक आगामी दुई बर्षका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा निर्विरोध नियुक्त भएका छन्,“ स्पेनी फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेजले सञ्चारकर्मीहरुसँग भने ।
लामो समय फुटबल क्षेत्रमा विताएका ४८ बर्षिय लुइसले स्पेनको फुटबल टोलीलाई प्रभावकारी र सशक्त बनाउने अपेक्षा गरिएको उनले बताए ।
रूसमा भएको विश्वकप फुटबलमा स्पेन अन्तिम १६ बाटै बाहिरिएको थियो भने विश्व वरियतामा पनि ७०औं स्थानमा परेको थियो । (रासस/एएफपी)

वि.सं.२०७५ असार २५ सोमवार २०:५५ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...