Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपालको हवाई उडानबारेको भ्रम चिरियो : मन्त्री शाही



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको हवाई क्षेत्र सुरक्षित रहेको सन्देश गएको बताउनुभएको छ ।

क्यानाडामा भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ३९औँ महासभामा सहभागी भएर फर्किने क्रममा मन्त्री शाहीले वल्र्ड एभियसन फोरममा भाग लिँदा आइकाओका १९१ देशमा नेपालको हवाई क्षेत्र असुरक्षित रहेको भन्ने भ्रम चिर्न सफल भएको बताउनुभयो ।

मन्त्री शाहीले नेपालको हवाई क्षेत्रलाई इयुले असुरक्षितको सूचीमा राखे पनि आइकाओको प्रतिनिधिले नेपालको समस्या धेरै ठूलो नभई साना समस्या समाधान हुँदा हवाई क्षेत्र थप सुरक्षित हुने बताइएको जानकारी दिनुभयो ।

‘हवाई सुरक्षामा अन्य देश हामीभन्दा पनि कमजोर छन् तर उनीहरूको हकमा सेफ्टी कन्सर्नको कुरा छैन ।’ उहाँले भन्नुभयोे, “आइकाओले चिन्ता नगर्नु, मान्छे पठाइदिन्छाँैं भनेका छन् ।”

मन्त्री शाहीका अनुसार नेपालको बारेमा भ्रम फैलिएको भए पनि (डब्ल्युएफपी)ले नेपालमा हेलिकप्टरले सुरक्षित उडान गरिरहेको छ भन्ने रिपोर्ट दिएपछि त्यो भ्रम चिरिएको छ ।

उहाँले भन्नुभयो – “१९१औँ देशमा यात्रु ट्राफिकमा नेपाल ८०औँं स्थानमा छ, विश्वमा हाम्रो स्थिति त्यति पनि नराम्रो छैन, आइकाओको मापदण्ड ६० भएमा नेपालको अवस्था ५८ रहेको छ ।”

आइकाओमा आबद्ध धेरै देशले नेपालमा पर्यटनको सम्भावनाप्रति सकारात्मक सोच राखेको पनि मन्त्री शाहीले बताउनुभयो ।

मन्त्री शाही नागरिक उड्डयनको प्राविधिक टोलीसहित गत असोज ९ गते क्यानडा जानुभएको थियो ।

चाँडै इयूको कालोसूचीबाट हट्ने

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी नेपाली आकासलाई कालोसूचीमा राखेकामा आइकाओसामु नेपालले फुकुवा गर्न जोडदार माग गरेको छ ।

आइकाओको ३९औँ महासभाका अवसरमा नेपालले आवश्यक मापदण्ड पूरा गरिसकेकाले कालोसूचीबाट हटाउन आग्रह गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले राससलाई जानकारी दिनुभयो ।

“हामीभन्दा कमजोर देश पनि उड्डयन सुरक्षाको कालोसूचीमा छैनन् नेपालको उड्डयनले धेरै कुरामा प्रगति गरेको छ, तपार्इंहरू आएर अडिट गर्नुस् भनेका छौँ, उनीहरूले फेब्रुअरीमा अडिट गर्ने समय दिएका छन्, चाँडै कालोसूचीबाट हट्नेछ” – उहाँले भन्नुभयो ।

सन् २०१३ मा आइकाओले नेपालको हवाई उडान सम्बन्धमा केही समस्या देखाउँदै इयूको कालोसूचीमा राखेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम