back
CTIZAN AD

नेपालको हवाई उडानबारेको भ्रम चिरियो : मन्त्री शाही

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.1K 

shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको हवाई क्षेत्र सुरक्षित रहेको सन्देश गएको बताउनुभएको छ ।

क्यानाडामा भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ३९औँ महासभामा सहभागी भएर फर्किने क्रममा मन्त्री शाहीले वल्र्ड एभियसन फोरममा भाग लिँदा आइकाओका १९१ देशमा नेपालको हवाई क्षेत्र असुरक्षित रहेको भन्ने भ्रम चिर्न सफल भएको बताउनुभयो ।

मन्त्री शाहीले नेपालको हवाई क्षेत्रलाई इयुले असुरक्षितको सूचीमा राखे पनि आइकाओको प्रतिनिधिले नेपालको समस्या धेरै ठूलो नभई साना समस्या समाधान हुँदा हवाई क्षेत्र थप सुरक्षित हुने बताइएको जानकारी दिनुभयो ।

‘हवाई सुरक्षामा अन्य देश हामीभन्दा पनि कमजोर छन् तर उनीहरूको हकमा सेफ्टी कन्सर्नको कुरा छैन ।’ उहाँले भन्नुभयोे, “आइकाओले चिन्ता नगर्नु, मान्छे पठाइदिन्छाँैं भनेका छन् ।”

मन्त्री शाहीका अनुसार नेपालको बारेमा भ्रम फैलिएको भए पनि (डब्ल्युएफपी)ले नेपालमा हेलिकप्टरले सुरक्षित उडान गरिरहेको छ भन्ने रिपोर्ट दिएपछि त्यो भ्रम चिरिएको छ ।

उहाँले भन्नुभयो – “१९१औँ देशमा यात्रु ट्राफिकमा नेपाल ८०औँं स्थानमा छ, विश्वमा हाम्रो स्थिति त्यति पनि नराम्रो छैन, आइकाओको मापदण्ड ६० भएमा नेपालको अवस्था ५८ रहेको छ ।”

आइकाओमा आबद्ध धेरै देशले नेपालमा पर्यटनको सम्भावनाप्रति सकारात्मक सोच राखेको पनि मन्त्री शाहीले बताउनुभयो ।

मन्त्री शाही नागरिक उड्डयनको प्राविधिक टोलीसहित गत असोज ९ गते क्यानडा जानुभएको थियो ।

चाँडै इयूको कालोसूचीबाट हट्ने

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी नेपाली आकासलाई कालोसूचीमा राखेकामा आइकाओसामु नेपालले फुकुवा गर्न जोडदार माग गरेको छ ।

आइकाओको ३९औँ महासभाका अवसरमा नेपालले आवश्यक मापदण्ड पूरा गरिसकेकाले कालोसूचीबाट हटाउन आग्रह गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले राससलाई जानकारी दिनुभयो ।

“हामीभन्दा कमजोर देश पनि उड्डयन सुरक्षाको कालोसूचीमा छैनन् नेपालको उड्डयनले धेरै कुरामा प्रगति गरेको छ, तपार्इंहरू आएर अडिट गर्नुस् भनेका छौँ, उनीहरूले फेब्रुअरीमा अडिट गर्ने समय दिएका छन्, चाँडै कालोसूचीबाट हट्नेछ” – उहाँले भन्नुभयो ।

सन् २०१३ मा आइकाओले नेपालको हवाई उडान सम्बन्धमा केही समस्या देखाउँदै इयूको कालोसूचीमा राखेको थियो ।

वि.सं.२०७३ असोज २१ शुक्रवार १३:३७ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...