Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

चार विद्यालय समायोजन, १६ वटा गाभिने प्रक्रियामा



वालिङ । स्याङ्जामा चालु शैक्षिकसत्रको हालसम्म चार विद्यालय समायोजन गरिएका छन् । समायोजन भएका ती विद्यालय सबै प्राथमिक तहका हुन् । सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाका अनुसार जिल्लाको ठूलीपोखरी प्राथमिक विद्यालय पेल्काचौर, चन्द्रज्योति प्राथमिक विद्यालय पेल्काचौर, सिमलचौर प्राथमिक विद्यालय खिलुङ देउराली र मातृशिशु प्राथमिक विद्यालय पुतलीबजार नगरपालिका १२ का हुन् ।

कक्षा एकदेखि पाँचसम्म सञ्चालन हुँदै आएको पौवेगौडेस्थित विद्याज्योति प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या अपुग भएकाले कक्षा एकदेखि तीनसम्ममात्र सञ्चालन गरिएको छ ।

विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून, भौगोलिक विकटताजस्ता कारणले विद्यालय गाभिएका जिल्ला शिक्षा कार्यालयले जनाएको छ । उता अभिभावक गाउँ छाडेर बजारतिर बसाइ सर्नु, निजी विद्यालयतर्फ अभिभावक बढी आकर्षित हुनुले पनि गाउँगाउँका विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएको विद्यालय सञ्चालकहरू बताउँछन् ।

विद्यालय समायोजन भएपछि कार्यरत शिक्षक तथा विद्यार्थीलाई नजिकको पायक पर्ने विद्यालयमा सरुवा गरिएकोे कार्यालयले जनाएको छ ।

सबैभन्दा धेरै प्राथमिक विद्यालय रहेको जिल्लाको नामले परिचित स्याङ्जामा पछिल्लो समय विद्यालय गाभिने क्रम बढ्दो छ । २०६९ सालदेखि हालसम्म ३४ प्राथमिक विद्यालय एकापसमा गाभिएका छन् भने १६ विद्यालय समायोजनका लागि प्रक्रियामा रहेको छ

सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाका अनुसार २०६९ सालमा छवटा, ०७० मा आठवटा, २०७१ मा छवटा, २०७२ मा नौवटा र चालु शैक्षिकसत्रको हालसम्म चारवटा विद्यालय समायोजन र एक प्राथमिक विद्यालयको कक्षा घटाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको