back
CTIZAN AD

चार विद्यालय समायोजन, १६ वटा गाभिने प्रक्रियामा

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.1K 

shares

वालिङ । स्याङ्जामा चालु शैक्षिकसत्रको हालसम्म चार विद्यालय समायोजन गरिएका छन् । समायोजन भएका ती विद्यालय सबै प्राथमिक तहका हुन् । सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाका अनुसार जिल्लाको ठूलीपोखरी प्राथमिक विद्यालय पेल्काचौर, चन्द्रज्योति प्राथमिक विद्यालय पेल्काचौर, सिमलचौर प्राथमिक विद्यालय खिलुङ देउराली र मातृशिशु प्राथमिक विद्यालय पुतलीबजार नगरपालिका १२ का हुन् ।

कक्षा एकदेखि पाँचसम्म सञ्चालन हुँदै आएको पौवेगौडेस्थित विद्याज्योति प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या अपुग भएकाले कक्षा एकदेखि तीनसम्ममात्र सञ्चालन गरिएको छ ।

विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून, भौगोलिक विकटताजस्ता कारणले विद्यालय गाभिएका जिल्ला शिक्षा कार्यालयले जनाएको छ । उता अभिभावक गाउँ छाडेर बजारतिर बसाइ सर्नु, निजी विद्यालयतर्फ अभिभावक बढी आकर्षित हुनुले पनि गाउँगाउँका विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएको विद्यालय सञ्चालकहरू बताउँछन् ।

विद्यालय समायोजन भएपछि कार्यरत शिक्षक तथा विद्यार्थीलाई नजिकको पायक पर्ने विद्यालयमा सरुवा गरिएकोे कार्यालयले जनाएको छ ।

सबैभन्दा धेरै प्राथमिक विद्यालय रहेको जिल्लाको नामले परिचित स्याङ्जामा पछिल्लो समय विद्यालय गाभिने क्रम बढ्दो छ । २०६९ सालदेखि हालसम्म ३४ प्राथमिक विद्यालय एकापसमा गाभिएका छन् भने १६ विद्यालय समायोजनका लागि प्रक्रियामा रहेको छ

सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाका अनुसार २०६९ सालमा छवटा, ०७० मा आठवटा, २०७१ मा छवटा, २०७२ मा नौवटा र चालु शैक्षिकसत्रको हालसम्म चारवटा विद्यालय समायोजन र एक प्राथमिक विद्यालयको कक्षा घटाइएको छ ।

वि.सं.२०७३ असोज २१ शुक्रवार १३:३७ मा प्रकाशित

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु...