
युकेको एकमात्र नेपाली कम्युनिटी रेडियो बिजिडब्लुएसको मोबाइल एप्स सार्वजानिक गरिएको छ । अक्टोबर ५ का दिन रेडियोको कार्यालय फान्ब्रोमा आयोजना गरिएको रेडियोको ५ औ बार्षिक उत्सवको अवसरमा रशमोर वरो काउन्सिलकी मेयर श्रीमति जास्क्वी भसपर र नेपाली दुतावास लण्डनका प्रतिनिधि भूपेन्द्र घिमिरेले सामुहिक रुपबाट एप्सको सार्वजानिक गर्नु भएको हो ।
उक्त समारोहमा रेडियो निर्देशक रिटार्यड मेजर सोनाम छिरिङ शेर्पाले रेडियोको बारेमा जानकारी गराउनुको थियो ।एन्ड्रोइड मोबाइलमा विजिडब्लुएस रेडियो टाइप गरि डाउनलोड गर्न सकिने जानकारी पनि सोहि समारोहमा दिइएको थियो ।
यस रेडियोलाई रेडियो विजिडब्लुएस डटको डट युके http://radiobgws=co=uk टाइप गरेर वेभसाइटमा पनि सुन्न सकिन्छ । युकेबाट बिएफविएस गोर्खा रेडियो, बिबिसी नेपाली सेवा र एकमात्र कम्युनिटी रेडियो बिजिडब्लुएस संचालनमा रहेका छन् । यस कम्युनिटी रेडीयो युरोप मै पहिलो नेपाली कम्युनीती रेडीयो भएको दाबी गर्दै बिषेस त यस कार्यक्रम संयोजन बेलायतकै सबै भन्दा नेपालीहरू को बसोबास भएको नेपालीहरूको साझा सस्था ग्रेटर रशमोर नेपाली कम्युनीटीले गरेको थियो ।
रेडियो लाई बिश्वका नेपालीको मुवाइल स्मार्ट फोनमा सुनाउनको निम्ती फÞण्ड संकलनको अभियान गरी यस एप्स जडान खर्च प्रयोजन गरिएको हो ।
सोही दिन ग्रेटर रशमोर नेपाली कम्युनीटीले संकल जम्मा संकलन रकम £ १२५७.०० (एकहजार दुईसय सन्ताउन पाउण्ड) अध्यक्ष ओमप्रसाद थापाको बाहुलीबाट रेडियो मेनिजीड्ग डाईरेक्टर मेजर रि सोनाम सेर्पालाई हस्तान्तर गरिएको थियो भने रशमोर ब्रोरो काउन्सेलका निबर्तमान मेयर मार्टिन टेईनटले आफ्नो मेयर कार्यकालमा यस रेडियोको निम्ती मेयर च्यारिटीटीबाट संकलित रकम £ ४३००.०० (चार हजार तिन सय पाउण्ड) रेडियो संञ्चालनको निम्ति आर्थिक सहयोग हस्तान्तर गर्नु भएको थियो ।
नेपालीहरूको महान पर्व बिजया दशमीको उपल्क्षयमा GRNC ग्रेटर रशमोर नेपाली कम्युनिटीले रशमोर बरो काउन्सिलका बिसिष्ठ ब्यक्तिहरू बिभीन्न निकायका प्रमुखहरू र बेलायतका बिषेस नेपाली संघ संस्थाका प्रमुखहरू नेपाली पत्रकारहरू यस्तै बिसिष्ठ ब्यक्तीहरूलाई निमन्त्रण गरि बिशेष अतिथीहरू काउन्सिलकी मेयर श्रीमति जास्क्वी भसपर र नेपाली दुतावास लण्डनका प्रतिनिधि थर्ड सेक्रेटरी भूपेन्द्र घिमिरे रशमोर वरोका काउन्सलर लिडर डेभिद फÞिलीप थिए ।
दशै तिहार जलपान रात्रिभोजको साथ शुभकामना आदान प्रदानसमेत गरिएको उक्त कार्यक्रमको सन्चालन GRNC माहासचिव रन्जीता मल्लले गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष ओमप्रसाद थापाले गर्नु भएको थियो । कार्यसमिती र सल्लाहकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा काउन्सिलकी मेयर श्रीमति जास्क्वी भसपर ग्रेटर रशमोर नेपाली कम्युनिटी र कम्युनिटी रेडियो बि.जि.दब्लुले गरेको काम को खुलेरै प्रशंसा गर्दै रशमोर बासी नेपाली समुदायलाई यस महान पर्व दशै तिहारको शुभकामना समेत दिनु भएको थियो । उहाँले पुर्व मेयरले जस्तै यस कम्युनिटी रेडीयोलाई मेयर च्यारिटी बाट सक्दो सहयोग पुराउने प्रतिबद्धता समेत व्यक्त र्नु भएको थियो ।
नेपाली दुतावास लण्डनका प्रतिनिधि थर्ड सेक्रेटरी भूपेन्द्र घिमिरेले रेडियो एप्सबाट बिश्वका नेपालीको माझ बेलायतको गतीबिधी सुनांउनु सक्नु भनेको गौरव कुरा रहेको बताउँदै रेडियो स्थापना गर्ने सस्था बी.जी.डबल्यू.एस.लाई धन्यबाद दिदैं निरन्तरताको कामना गर्नु भएको थियो । उहाँले नेपाली दुतावास लण्डन सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नब नियुक्त राजदूत डा. दुर्गा बहादुर सुबेदी साथै दुतावास परिवारको तर्फबाट रशमोर बासी नेपाली समुदायहरूमा बिजया दशमी र दिपावलीको शुभकामना व्यक्त गर्नु भएको थियो ।
अध्यक्ष थापाले उपस्थीत अथिती पाहुना सबैलाई धन्यबाद दिदै एक ढुंगाले तिन चरा मार्ने भनेझै पहिलो कम्युनिटी र Radio BGWS लाई अफिसियली एप्समा अनावरण गर्नु भयो ।
-बडा दशै तिहार २०७३ को उपल्यक्षमा मा शुभकामना आदान पर्दान गर्ने ।
तेस्रो– आउदै गरेको जी.आर.एन.सी.को मेन कम्युनिटी ईन्त्रग्रेशन ईभन Rushmoor 10k 2016 को भब्य तयारी सम्पन सबै तयारी अवस्था भएको जानकारी सम्पुर्ण मिडीया मार्फत जानकारी गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिदै रेडियोले स्थापनाकालदेखी BGWS का नेतृत्वदेखी सदस्यहरूको ठुलो लगानीमा घन्दै £ ८५०००.०० भन्दा बढी लगानी गरी स्थापना गरेक बेलायतबासी नेपाली कम्युनिटीको निम्ती ठुलो योगदान गरेकोमा धन्यबाद व्यक्त गर्नु भयो ।
त्यस्तै पाँच बर्षसम्म स्वयम सेवाका रूपमा काम गरि यस रेडियोलाई संचालनको निम्ती मेजर रि सोनाम सेर्पा, श्रीमती पर्मिला राई, श्रीमती गोमा राना, श्रीमती जमुना पुन, श्रीमती पुस्पा गुरूड्ग, श्रीमती सिता थापा नयायुवा सुश्री सिला लिम्बु यस्तै अन्य स्वयमसेवक हरूलाई धन्यबाद दिनु भयो ।
यस रेडियो संन्चालनको निम्ती फण्डिङ को अती आवस्यक भएको हुँदा बिशेष रशमोर बासी नेपाली को ठुलो दायित्व रहेको थापाले बताउनु भयो ।
त्यसैगरी काउन्सेलर बेलायतबासी सबै नेपाली संघसस्थाका प्रमुखहरूले आफ्नो कम्युनीटीमा यस कुरा राखी आफ्नो कम्युनिटीको निम्ती सुचना आदान प्रदानमा प्रयाप्त फाईदा लिने र यस रेडियोलाई आर्थिक र मानबिय सहयोग गरे पक्कै हाम्रो भाबी नया पुस्ताको निम्ती नेपाली भाषा र कल्चरको सेतुको भुमिका खेल्ने बिश्वास थापाले लिनु भएको छ ।
अन्तमा रेडियोका मेनिजीड्ग डाईरेटर मेजर सोनाम सेर्पाले सबैलाई धन्यबाद दिदै बिषेस BGWS परिवार GRNC परिवार रशमोर वरों काउन्सेल बिँषेस निबर्तमान मेयर मार्टिन टेईनट र GRNC अध्यक्ष ओम थापालाई यसआर्थिक अनुदानको निम्ती धन्यबाद र यसतै अन्य संग सस्थाहरूले पनी यस्तै सहयोग गरीदीनु भए रेडियो संचालनको निम्ती सहज हुने बताउँदै दसैकौ शुभकामना दिनु भयो ।
त्यस्तै भेटधाट रेष्टुरेन्ट अल्डरसटका प्रोपाईटर GRNC सल्लाहकार सेर सुनारले स्वादिष्ठ खान पिनको व्यवस्था गर्नु भएको थियो ।
वि.सं.२०७३ असोज २१ शुक्रवार १५:३९ मा प्रकाशित