Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

अपराधि आमा, छ वर्षीया छोरीको हत्या



२७ असोज, रोल्पा । रोल्पा मिझिङ गाविस–६ मा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छन् ।

लिवाङ नगरपालिका–२ खुमेल घर भई हाल मिझिङ–६ रोल्पा माइतीघर बस्दै आएकी धना बुढाथोकीले गए राती ९ बजे दाउराले पिठ्यूँमा हिर्काएर आफ्नै छ वर्षीया छोरी झकमा बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशव बस्नेतले बताउनुभयो ।

नौ महिनाको गर्भवतीसमेत रहेकी धना छ वर्षकी छोरी र डेढ वर्षको छोरासँग बस्दै आएकी थिइन् । मानसिक सन्तुलनसमेत ठीक नभएकी उनको श्रीमान् गोपाल बुढाथोकी ज्याला मजदुरीको सिलसिलामा धनगढीमा रहेको प्रहरीले बताएको छ ।

स्थानीयवासीले घटनाका सम्बन्धमा इप्रका सुलिचौरमा सूचना गरेपछि घटनास्थल पुगेका प्रहरीले अभियुक्त बुढाथोकीलाई नियन्त्रणमा लिई इप्रका सुलिचौरमा राखेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी उत्तरी रोल्पाको थवाङ–८ का ३८ वर्षीया सोनाकुमारी नेपालीलाई अपरिचित व्यक्तिले गएराति प्रहार गरेको ढुङ्गावाट टाउको र दायाँ कानको कन्चटमा लाग्दा गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बेहोस अवस्थामा रहेकी नेपालीलाई उनका आफ्नै श्रीमान् ध्रुव नेपालीले ढुङ्गा हानेको हुन सक्ने आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम