back
CTIZAN AD

नदीमा बगिरहेका बालकको उद्धार गर्ने पोखरेलको सम्मान

वि.सं.२०७३ असोज २७ बिहीवार

1K 

shares

२७ असोज,वालिङ  । स्याङ्जाको साँखर–८ केलादीघाटस्थित कालीगण्डकीमा बगेका बालकको बुधबार अचेत अवस्थामा उद्धार गरिएको छ ।

आमासँग कालीगण्डकी नुहाउन गएका ६ वर्षीय बालक वासुदेव घिमिरे एक्कासि नदीमा बगेपछि स्थानीयवासी रेशम पोख्रेलले पौडिएर बालकको अचेत अवस्थामा उद्धार गर्नुभएको हो । “आमाले आफ्नो छोरा बगेको देखेपछि उद्धारका लागि चिच्याउनुभयो”, रेशम पोख्रेलले भन्नुभयो, “बालकलाई नदीले बगाएर करिब सातसय मिटर तल पु¥याएको थियो, पौडिएर बालकलाई बल्ल बल्ल उद्धार गर्न सफल भएँ ।”

राधा दामोदर आरोग्य वृद्धाश्रममा बस्दै आउनुभएकी आमा कमला घिमिरेसँगै बालक बस्दै आएका छन् ।

आफ्नो ज्यानको परबाह नगरी बालकलाई नदीबाट उद्धार गर्नुहुने स्थानीय होटल व्यवसायी रेशम पोख्रेललाई ग्रामीण सहारा समाज साँखर, साँखरका स्थानीयवासी र साँखर प्रहरी चौकीले प्रमाणपत्र र दोसल्लाले सम्मान पनि गरेको छ । रासस

वि.सं.२०७३ असोज २७ बिहीवार ०२:२० मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...