Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

दुई पुस्तकको एकैसाथ विमोचन



दाङ । दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा यहाँका दुईजना लेखकद्वारा लेखिएका दुई पुस्तक  विमोचन गरियो ।

प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको सभापतित्व एवम् सांसद बुद्धिराम भण्डारीको प्रमुख आतिथ्य तथा प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मा, साहित्यकार प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ अमर गिरी, अङ्ग्रेजी साहित्यकार वामदेव आचार्यकोे विशिष्ट आतिथ्यतामा बुधबार भएको कार्यक्रममा तीर्थबहादुर डाँगीको ‘मनको बह’ नामक गीत, कविता सङ्ग्रह र लेखक रुद्रप्रसाद शर्माको ‘समाज परिवर्तनको संवाहक समसामयिक सन्दर्भ’ नामक स्थानीय पत्रिकामा प्रकाशित लेखको सँगालो पुस्तकको विमोचन गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथि भण्डारीले भाषा संस्कृतिलाई जोगाइएन भने राष्ट्रियता नरहने बताउनुभयो । उहाँले साहित्य सृजनामा दाङ अब्बल रहेको समेत बताउनुभयो ।

कार्यक्रममा साहित्यकारहरु आलोचक मात्र नभई समालोचक पनि हुनुपर्ने धारणा राखिएको थियो । सहभागीहरुले भाषा संस्कृतिलाई जगेर्ना गर्नका लागि आम मानिसको प्रवृत्ति पनि ठीक हुनुपर्ने र समाजका यथार्थ घटनालाई साहित्यकारले हुबहु लेख्नुपर्ने बताएका थिए ।

उनीहरुले साहित्यकार तथा अन्य सरोकारवालाले समाज परिर्वतनका लागि कलम चलाउनुपर्ने र केका लागि लेख्ने भन्ने कुरामा आफू विश्वस्त रहनुपर्ने समेत बताएका थिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ