back
CTIZAN AD

दुई पुस्तकको एकैसाथ विमोचन

वि.सं.२०७३ असोज २७ बिहीवार

1.2K 

shares

दाङ । दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा यहाँका दुईजना लेखकद्वारा लेखिएका दुई पुस्तक  विमोचन गरियो ।

प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको सभापतित्व एवम् सांसद बुद्धिराम भण्डारीको प्रमुख आतिथ्य तथा प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मा, साहित्यकार प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ अमर गिरी, अङ्ग्रेजी साहित्यकार वामदेव आचार्यकोे विशिष्ट आतिथ्यतामा बुधबार भएको कार्यक्रममा तीर्थबहादुर डाँगीको ‘मनको बह’ नामक गीत, कविता सङ्ग्रह र लेखक रुद्रप्रसाद शर्माको ‘समाज परिवर्तनको संवाहक समसामयिक सन्दर्भ’ नामक स्थानीय पत्रिकामा प्रकाशित लेखको सँगालो पुस्तकको विमोचन गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथि भण्डारीले भाषा संस्कृतिलाई जोगाइएन भने राष्ट्रियता नरहने बताउनुभयो । उहाँले साहित्य सृजनामा दाङ अब्बल रहेको समेत बताउनुभयो ।

कार्यक्रममा साहित्यकारहरु आलोचक मात्र नभई समालोचक पनि हुनुपर्ने धारणा राखिएको थियो । सहभागीहरुले भाषा संस्कृतिलाई जगेर्ना गर्नका लागि आम मानिसको प्रवृत्ति पनि ठीक हुनुपर्ने र समाजका यथार्थ घटनालाई साहित्यकारले हुबहु लेख्नुपर्ने बताएका थिए ।

उनीहरुले साहित्यकार तथा अन्य सरोकारवालाले समाज परिर्वतनका लागि कलम चलाउनुपर्ने र केका लागि लेख्ने भन्ने कुरामा आफू विश्वस्त रहनुपर्ने समेत बताएका थिए । रासस

वि.सं.२०७३ असोज २७ बिहीवार ०२:२२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...