back
CTIZAN AD

उपचारका लागि हेलिकप्टर चार्टरगर्नुपर्ने बाध्यता

वि.सं.२०७३ असोज २७ बिहीवार

1.1K 

shares

२७ असोज, फलेवास ९पर्वत०  । यातायात असुविधाका कारण छिमेकी जिल्ला बागलुङकी एक महिलालाई उपचारका लागि हेलिकप्टर प्रयोग गरी पोखरा लगिएको छ ।

दक्षिण बागलुङको जैदी गाविस–३ रोहटेकी जमुना चालिसेलाई श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टर चार्टर गरी पोखरा लगिएको हो ।

सडक सुविधा नभएको उक्त गाउँमा प्रभु एयरलाइन्सको हेलिकप्टरमार्फत रु एक लाख खर्चिएर उनलाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा लगिएको हो ।

सडक सुविधा नभएका कारण उक्त गाविसका बासिन्दा अहिले पनि बिरामी हुँदा हेलिकप्टरमा लाखौँ खर्च गर्न बाध्य भएका छन् । चालिसेका परिवारले पनि ऋण काढेर हेलिकप्टर चार्टर गरेको स्थानीय बलभद्र चालिसेले जानकारी दिनुभयो ।

सडक यातायातको सुविधा लिन घन्टौँ हिँड्नुपर्ने बाध्यता रहेका गाउँलेले बिरामी पर्दा हैरानी व्यहोर्दै आएका छन् । केही दिन अगाडि छिमेकी गाविस छिस्तीका टीकानिधि उपाध्याय बिरामी परेपछि उपचारका लागि उनलाई पनि हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो । रासस

वि.सं.२०७३ असोज २७ बिहीवार ०२:२५ मा प्रकाशित

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...