back

नदीमा बगिरहेका बालकको उद्धार गर्ने पोखरेलको सम्मान

वि.सं.२०७३ असोज २७ बिहीवार

732 

shares
GLOBAL IME AD
NTC AD

२७ असोज,वालिङ  । स्याङ्जाको साँखर–८ केलादीघाटस्थित कालीगण्डकीमा बगेका बालकको बुधबार अचेत अवस्थामा उद्धार गरिएको छ ।

आमासँग कालीगण्डकी नुहाउन गएका ६ वर्षीय बालक वासुदेव घिमिरे एक्कासि नदीमा बगेपछि स्थानीयवासी रेशम पोख्रेलले पौडिएर बालकको अचेत अवस्थामा उद्धार गर्नुभएको हो । “आमाले आफ्नो छोरा बगेको देखेपछि उद्धारका लागि चिच्याउनुभयो”, रेशम पोख्रेलले भन्नुभयो, “बालकलाई नदीले बगाएर करिब सातसय मिटर तल पु¥याएको थियो, पौडिएर बालकलाई बल्ल बल्ल उद्धार गर्न सफल भएँ ।”

राधा दामोदर आरोग्य वृद्धाश्रममा बस्दै आउनुभएकी आमा कमला घिमिरेसँगै बालक बस्दै आएका छन् ।

आफ्नो ज्यानको परबाह नगरी बालकलाई नदीबाट उद्धार गर्नुहुने स्थानीय होटल व्यवसायी रेशम पोख्रेललाई ग्रामीण सहारा समाज साँखर, साँखरका स्थानीयवासी र साँखर प्रहरी चौकीले प्रमाणपत्र र दोसल्लाले सम्मान पनि गरेको छ । रासस

वि.सं.२०७३ असोज २७ बिहीवार ०२:२० मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...