Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

पहिरोपीडितलाई चारलाख सहयोग



२७ असोज,बाबियाचौर (म्याग्दी)  । म्याग्दीको देवीस्थानका पहिरोपीडितलाई बुधबार विभिन्न सङ्घसंस्थाले करिब चार लाख रुपैयाँ सहयोग गरेका छन् ।

देवीस्थानमा क्रियाशील सूर्यमुखी युवा क्लबको संयोजनमा पहिरोपीडित दुई परिवारलाई तीन लाख ८५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको हो । देवीस्थान–युके समाजले रु तीन लाख ३५ हजार, मोना हङकङले रु २५ हजार र मिलन म्याग्दीले उपलब्ध गराएको १५ हजार रुपैयाँ पहिरोपीडित सुनमायाँ भट्टचन र कलिमा बुढालाई हस्तान्तरण गरिएको हो ।

देवीस्थान–युके समाजबाट प्राप्त रकम दुवै परिवारलाई बराबर वितरण गरिएको थियो । गत भदौ १७ गते बस्तीमाथिबाट खसेको पहिरोमा परी सुनमायाँका पति ओमप्रसाद भट्टचनको ज्यान गएको थियो भने कलिमाको घर बगाएको थियो ।

मोना हङकङले उपलब्ध गराएको रकममध्ये रु २० हजार र मिलन म्याग्दीको नौ हजार रुपैयाँ मृतकका परिवारलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष तारकबहादुर घर्तीले बताउनुभयो । रासस


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब