Logo
२१ आश्विन २०७९, शुक्रबार
     Fri Oct 7 2022
E-paper
  English Edition
   Unicode
Logo

बस एकआपसमा ठोक्कियो, ६५ यात्रु घाइते



२७ असोज,भद्रपुर  । झापाको विर्तामोडमा पश्चिम कांटामा बुधबार बिहान करिब ८ः३० को समयमा भएको दुर्घटनामा ६५ जना घाइते भएपनि सबैजना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विपरीत दिशाबाट आइरहेका ना ५ ख १८९८ र ना ५ ख ६५६१ नंको बस एकआपसमा ठोक्किएको दुर्घटनामा घाइते भएका ३३ जनाको बी एन्ड सी अस्पताल विर्तामोडमा, १० जनाको मनमोहन अस्पतालमा, छ जनाको कञ्चनजङ्गा अस्पतालमा र १६ जनाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घटनामा घाइते भएका ना ५ ख बसका चालक उर्लावारी–४ निवासी दुर्गाप्रसाद आचार्यलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको छ भने घटनाका विषयमा छानबिन सुरु गरिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेतृ गंगा चौधरीले एमाले छाडेकी छिन् । उनले आगामी निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अलग भएको छ ।

काठमाडौं । अविरल वर्षापछि झरेको पहिरोका कारण काठमाडौंको चन्द्रागिरीमा एकै परिवारका तीनजनाको मृत्यु भएको

अमेरिका । अमेरिकाको भर्जिनियास्थित मनासस शहरमा गाडीले ठक्कर दिंदा एक नेपालीको मृत्यु भएको छ