back

बस र कार ठोक्किँदा एकको मृत्यु,चारजना घाइते

वि.सं.२०७३ असोज २७ बिहीवार

609 

shares
IME Limited
NTC AD

२७ असोज,कावासोती  । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहा पुल ओरालोमा गएराति बस र कार एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक टीकाराम पौडेलका अनुसार पोखराबाट नेपालगन्ज जाँदै गरेको ना ४ ख ७७९९ नंको बस र बा १३ च १६१७ नंको कार एकआपसमा ठक्कर खाँदा कारमा सवार नवलपरासी प्रसौनी–२ का ४० वर्षीया नारायणी अधिकारीको मृत्यु भएको हो ।

उहाँको मुख र टाउकामा गम्भीर चोट लागेकोमा उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा उहाँको मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइते हुनेमा प्रसौनी–२ का ४५ वर्षीय हडी अधिकारी, पाल्पा मदनपोखरा–६ की ३६ वर्षीया मीरा क्षेत्री, पाल्पा मदनपोखराकै कार चालक ३५ वर्षीय नारायण बस्याल र बसमा सवार मुगुकी सरस्वती चापागाईं रहेका छन् । घाइतेको उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । रासस
––––

वि.सं.२०७३ असोज २७ बिहीवार ०२:१४ मा प्रकाशित

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...