back

ब्रिक्स सम्मेलनलाई अवसरका रुपमा लिनु विज्ञहरुको सुझाव

वि.सं.२०७३ असोज २८ शुक्रवार

564 

shares
GLOBAL IME AD
NTC AD

 

२८ असोज, काठमाडौँ । भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा भाग लिन जाँदा प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपतिसँगको भेटमा अघिल्लो सरकारले चीनसँग गरेका विभिन्न सन्धिसम्झौता छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने सुझाव दिइएको छ ।

रिपोर्टर्स क्लबले हिजो आयोजना गरेको साक्षात्कारमा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगन हुनाले नेपाल सरकार असफल भएको विचार व्यक्त गर्नुभयो ।

परराष्ट्रविद् मधुरमण आचार्यले नेपालका लागि छिमेकी देश भारत र चीन उत्तिकै महत्वपूर्ण रहेकाले दुवैसँग सन्तुलित नीति अपनाउनुपर्ने बताउनुभयो ।
पूर्वराजदूत डा शङ्कर शर्माले पछिल्लो समय नेपालको परराष्ट्र नीति सन्तुलित नभएको भन्ने आशङ्का पैदा भएकाले प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आश्वस्त पार्न सक्नुपर्ने बताउनुभयो ।

परराष्ट्रविद् डा निश्चलनाथ पाण्डेले आठौँ ब्रिक्स सम्मेलनमा नेपालकातर्फबाट प्रधानमन्त्रीले भाग लिन पाउनु ठूलो अवसर भएको बताउँदै सार्क सम्मेलन स्थगन भएको अवस्थामा त्यसको बैठकका लागि नेपालले प्रयत्न गर्नुपर्ने विचार राख्नुभयो । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार ०२:४५ मा प्रकाशित

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७९...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...