back
CTIZAN AD

विजयादसमीको तेस्रो दिनसम्म चार लाख मानिस राजधानी भित्रिए

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.3K 

shares

२८ असोज, काठमाडौँ। दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिएका मानिस फर्कन थालेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार विजयादसमीको तेस्रो दिन हिजोसम्म चार लाख मानिस राजधानी भित्रिसकेका छन् ।
महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार दसँैको टीका लगाएर पूर्णिमासम्म ५० प्रतिशत मानिस काठमाडौँ फर्कन्छन् भने ५० प्रतिशत मानिस तिहार पर्व मनाएर मात्र फर्किने गरिन्छ ।

उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी मानिस दसैँ मनाउन वाहिरिएका थिए । उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, साँखु, पासाङल्हामु मार्ग र टोखा–छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यबाट फर्किरहेका छन् ।

महासचिव सिटौलाले दसैँका अवधिमा कुनै अप्रिय घटना नघटेको तथा विगतका दसैँभन्दा यसपालि यात्रु सहज तरिकाले गन्तव्यमा पुगेको र फर्कदा पनि सहज भएको बताउनुभयो ।

दसैँलाई लक्षित गरी अहिले सानाठूला गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको महासङ्घले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजारदेखि एक हजार २०० सम्म सवारी आवतजावत गर्थे ।

महासङ्घले यात्रुको चाप र सुविधालाई मध्यनजर गरी असोज १५ देखि ३० गतेसम्म ‘पकेट पर्मिट’ दिएकाले देशभरका जुनसुकै सवारी जतासुकै सहज रुपमा जानसक्ने व्यवस्था गरेको छ । तस्बिर : रोशन सापकोटा,रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार ०२:४३ मा प्रकाशित

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...