नवलपरासी । यहाँ आयोजित कबड्डी प्रतियोगितामा नेपालको शुभम् ट्रेडी त्रिवेणी नवलपरासी समूह विजयी भएको छ ।
सेमरी युवा क्लब बि, नवलपरासीकै समूहलाई हराउँदै शुभम् ट्रेडी नवलपरासीको समूह प्रथम स्थान हासिल गरी विजयी भएको हो ।
यसैगरी प्रतियोगितामा विशाल मोबाइल नवलपरासी समूह तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
नवदुर्गा युवा क्लब जमुनिया नवलपरासीद्वारा आयोजित उक्त प्रतियोगितामा नेपाल र भारतका गरी कुल ३२ समूह सहभागी थिए ।
बडादसँैका अवसरमा गत असोज २३ गतेबाट सञ्चालित प्रतियोगिता बुधबार सकिएको थियो । रासस