back

छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी ४ को मृत्यु

वि.सं.२०७३ असोज २८ शुक्रवार

660 

shares
GLOBAL IME AD
NTC AD

२८ असोज । देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परी बिहिबार मात्र ५ जनाको मृत्यु भएको छ । मोरङको बयरवन–९ स्थित पूर्वपश्चिम राजमार्गमा हिजो अपराह्न को १ ख २९१२ नं को बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बयरवन–८ का बमबहादुर लिम्बूका १० वर्षीय छोरा सन्दीप रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको बलिया सडकखण्डमा गए राति दुई मोटरसाइकल जुृध्दा भएको दुर्घटनामा एक र डोटी जिल्लाको सिलगढीबाट गाँजरीतर्फ गइरहेको जीप गाँजरी सडकखण्डमा सडकमै पल्टिएर दुर्घटना हुँदा अर्काे एक जनाको मृत्यु भएको छ ।

लम्की बजारबाट धनगढीतर्फ आउँदै गरेको से३प३६८२ नंको मोटरसाइकल र विपरीत दिशातर्फ गइरहेको से४प१६९२नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल पछाडि सवार कैलाली सुगरखाल गाविस तल्लापानी गाउँका २६ वर्षीय अम्बर चौधरीको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । चौधरी से४प१६९२ नंको मोटरसाइकलको पछाडि सवार हुनुहुन्थ्यो ।

यसैगरी दुर्घटनामा परी घाइते भएकी से१ज६११ नंको जिपमा सवार गाँजरी गाविसकी २२ वर्षीया स्मृति कुँवरको डोटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते जिपका चालक नरबहादुर कुँवरलाई थप उपचारका लागि कैलालीको पद्मा अस्पताल ल्याइएको छ भने घाइते अन्य चार जनाको डोटी अस्पतालमा उपचार भइरहेको छ ।

चौतारा । सिन्धुपाल्चोकको भोटसिपा गाविस–५ मा हिजो अपराह्न मोटरसाइकल दुर्घटनामा चौतारा नगरपालिका–९ सानोसिरुबारीका ५० वर्षीया कमला गौतमको घटनास्थलमै मृत्यु भएको छ ।

ससुरालीबाट बडादसैँको टीका थापेर दम्पती घर फर्कँदै गर्दा कमलाको घटनास्थलमा मृत्यु भएको र उनका पति मोटरसाइकल चालक ५५ वर्षीय रेशमप्रसाद गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

वा ७७ प ३३६८ नंको मोटरसाइकल सडकबाट चिप्लिएर करिब १०० मि तल खसेर दुर्घटना भएको जनाइएको छ । घाइतेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार ०२:५४ मा प्रकाशित

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

ग्यास उद्योगीको आन्दोलन स्थगन

ग्यास उद्योगीको आन्दोलन स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर...

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकमाथि छानबिन र कारबाहीको माग राखी...

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको...

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरिबीको रेखामुनि रहेका...

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

पाटन (ललितपुर) । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक...