back
CTIZAN AD

छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी ४ को मृत्यु

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.2K 

shares

२८ असोज । देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परी बिहिबार मात्र ५ जनाको मृत्यु भएको छ । मोरङको बयरवन–९ स्थित पूर्वपश्चिम राजमार्गमा हिजो अपराह्न को १ ख २९१२ नं को बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बयरवन–८ का बमबहादुर लिम्बूका १० वर्षीय छोरा सन्दीप रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको बलिया सडकखण्डमा गए राति दुई मोटरसाइकल जुृध्दा भएको दुर्घटनामा एक र डोटी जिल्लाको सिलगढीबाट गाँजरीतर्फ गइरहेको जीप गाँजरी सडकखण्डमा सडकमै पल्टिएर दुर्घटना हुँदा अर्काे एक जनाको मृत्यु भएको छ ।

लम्की बजारबाट धनगढीतर्फ आउँदै गरेको से३प३६८२ नंको मोटरसाइकल र विपरीत दिशातर्फ गइरहेको से४प१६९२नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल पछाडि सवार कैलाली सुगरखाल गाविस तल्लापानी गाउँका २६ वर्षीय अम्बर चौधरीको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । चौधरी से४प१६९२ नंको मोटरसाइकलको पछाडि सवार हुनुहुन्थ्यो ।

यसैगरी दुर्घटनामा परी घाइते भएकी से१ज६११ नंको जिपमा सवार गाँजरी गाविसकी २२ वर्षीया स्मृति कुँवरको डोटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते जिपका चालक नरबहादुर कुँवरलाई थप उपचारका लागि कैलालीको पद्मा अस्पताल ल्याइएको छ भने घाइते अन्य चार जनाको डोटी अस्पतालमा उपचार भइरहेको छ ।

चौतारा । सिन्धुपाल्चोकको भोटसिपा गाविस–५ मा हिजो अपराह्न मोटरसाइकल दुर्घटनामा चौतारा नगरपालिका–९ सानोसिरुबारीका ५० वर्षीया कमला गौतमको घटनास्थलमै मृत्यु भएको छ ।

ससुरालीबाट बडादसैँको टीका थापेर दम्पती घर फर्कँदै गर्दा कमलाको घटनास्थलमा मृत्यु भएको र उनका पति मोटरसाइकल चालक ५५ वर्षीय रेशमप्रसाद गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

वा ७७ प ३३६८ नंको मोटरसाइकल सडकबाट चिप्लिएर करिब १०० मि तल खसेर दुर्घटना भएको जनाइएको छ । घाइतेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार ०२:५४ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...