back
CTIZAN AD

दसैँमा मुस्ताङबाट २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात

वि.सं.२०७३ असोज २८ शुक्रवार

1K 

shares

sheep

२८ असोज,मुस्ताङ  । हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँमा रु २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात भएको छ ।

जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए । ती भेडा च्याङ्ग्रा बेनी हुँदै काठमाडौँ, पोखरा, चितवन, बागलुङ, कुश्मा र पोखरासम्म पुगेका थिए ।

जोमसोम र कागबेनी क्षेत्रमा किसानबाट खरिद गरी ल्याएका स्थानीय व्यापारीबाट देशका विभिन्न भागबाट पुगेका व्यापारीले प्रतिवटाको हिसाबले किनेर बजारसम्म ल्याएका थिए ।

जिल्ला पशु सेवा कार्यालय मुस्ताङका अनुसार यसवर्ष १३ हजार भेडा र ८ हजार ४५ च्याङ्ग्रा जिल्लाबाट बाहिरिएका थिए । किसानले प्रति भेडा, च्याङ्ग्रालाई रु १३ हजारमा बिक्री गरे पनि यसवर्ष रु २७ करोड ३५ लाख भित्रिएको कार्यालय प्रमुख डा नन्दलाल वर्माले जानकारी दिनुभयो ।

गतवर्ष अघोषित नाकाबन्दी र भूकम्पको सन्त्रासका कारण तिब्बतबाट ल्याइएका भेडा, च्याङ्ग्रा कम मात्रामा बजारमा आएका थिए भने यसवर्ष तिब्बतबाट भेडा, च्याङ्ग्रा नआएको डा बर्माले जानकारी दिनुभयो ।

डोल्पाबाट मुस्ताङ हुँदै भेडा, च्याङ्ग्रा बजार आएको बताइए पनि पशुसेवा कार्यालयले त्यसबारे कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, सुर्खाङ, घमी, चर्राङ, छोन्हुप गाविसका किसानले पालेका भेडा, च्याङ्ग्रा बजार ल्याइएको व्यापारीले जानकारी दिएका छन् । त्यहाँका किसानले दसैलाई नै लक्षित गरी व्यावसायिक रुपमा भेडा, च्याङ्ग्रा पालन गर्दै आएका छन् । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार १५:५५ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...