२८ असोज, महोत्तरी । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधानलाई सर्वस्वीकार्य बनाउन यसमा परिमार्जनको आवश्यकता रहेको बताउनुभएको छ ।
नेता श्रेष्ठले विश्वको संविधान भन्दा नेपालको संविधान मौलिक अधिकारको सवालमा उत्कृष्ठ रहेको बताउँदै ‘उत्पीडित वर्गको केही अधिकार र माग छुटेको छ, त्यसको सम्बोधनका लागि संविधान परिमार्जन आवश्यकता छ, यो भए मात्र संविधानलाई सर्वोत्कृष्ट भन्न मिल्छ’ भन्नुभयो ।
संविधानमा नागरिकताको सवालमा कुनै विवाद छैन् भन्दै उहाँले विश्वका कुनै पनि देशमा अङ्गिकृत नागरिकता लिएको व्यक्ति देशको उच्च पदमा जान पाउनुपर्ने व्यवस्था नभएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद गिरीराजमणि पोखरेलले ‘संविधान संशोधनप्रति नेकपा एमाले सकारात्मक भई यसको कार्यान्वयनतर्फ गम्भीर हुनुपर्छ’ भन्दै ‘२०७४ माघभित्र निर्वाचित निकायको हातमा जिम्मा लगाई देशलाई समाजवादतर्फ डो¥याउनुपर्छ’ बताउनुभयो ।
‘संविधान कार्यान्वयन नभए देश दुर्घटनामा फस्न सक्छ’ उहाँले भन्नुभयो– संविधान कार्यान्वयन गरी मुलुकमा सङ्घीयातालाई संस्थागत गर्नुपर्दछ । रासस
वि.सं.२०७३ असोज २८ शुक्रवार १५:४८ मा प्रकाशित