back
CTIZAN AD

अङ्गिकृत नागरिकता लिएको व्यक्ति देशको उच्च पदमा जाने व्यवस्था छैन : नेता श्रेष्ठ

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.1K 

shares

narayankaji1

२८ असोज, महोत्तरी । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधानलाई सर्वस्वीकार्य बनाउन यसमा परिमार्जनको आवश्यकता रहेको बताउनुभएको छ ।

दसँैं, तिहार, छठ र मोहर्रम पर्व –२०७३ को उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र) नगर समिति बर्दिवासले शुक्रबार वर्दिवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले असन्तुष्ट पक्षको मागलाई सम्बोधन हुनेगरी संविधानलाई संशोधन गर्नु आवश्यक रहेको छ भन्न्ुभयो ।

नेता श्रेष्ठले विश्वको संविधान भन्दा नेपालको संविधान मौलिक अधिकारको सवालमा उत्कृष्ठ रहेको बताउँदै ‘उत्पीडित वर्गको केही अधिकार र माग छुटेको छ, त्यसको सम्बोधनका लागि संविधान परिमार्जन आवश्यकता छ, यो भए मात्र संविधानलाई सर्वोत्कृष्ट भन्न मिल्छ’ भन्नुभयो ।

संविधानमा नागरिकताको सवालमा कुनै विवाद छैन् भन्दै उहाँले विश्वका कुनै पनि देशमा अङ्गिकृत नागरिकता लिएको व्यक्ति देशको उच्च पदमा जान पाउनुपर्ने व्यवस्था नभएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद गिरीराजमणि पोखरेलले ‘संविधान संशोधनप्रति नेकपा एमाले सकारात्मक भई यसको कार्यान्वयनतर्फ गम्भीर हुनुपर्छ’ भन्दै ‘२०७४ माघभित्र निर्वाचित निकायको हातमा जिम्मा लगाई देशलाई समाजवादतर्फ डो¥याउनुपर्छ’ बताउनुभयो ।

‘संविधान कार्यान्वयन नभए देश दुर्घटनामा फस्न सक्छ’ उहाँले भन्नुभयो– संविधान कार्यान्वयन गरी मुलुकमा सङ्घीयातालाई संस्थागत गर्नुपर्दछ । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार १५:४८ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...