back
CTIZAN AD

आपसी हित र सहयोगका लागि विदेशमा सङ्गठित बन्दै

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.2K 

shares

विभिन्न सेवा पेसा र व्यवसायका लागि भारतको नयाँदिल्लीलाई आफ्नो कर्म क्षेत्र बनाएका नेपाली आपसी हित र सहयोगका लागि सङ्गठित बन्दै गएका छन् ।

नेपालका विभिन्न जिल्लाबाट विभिन्न कामकाजको सिलसिलामा नयाँदिल्ली पुगेका नेपालीले आससी हित र सहयोगको लक्ष्य राख्दै गठन गरेका संस्थाको सङ्ख्या हालसम्म ५७ पुगिसकेको छ ।

नयाँदिल्लीमा गठन गरिएका संस्थाका माध्यमबाट नयाँदिल्लीमा रहेका नेपालीबीच आसपी सहयोग र भातृत्व कायम हुनुका साथै नेपालबाट विभिन्न कामका सिलसिलामा आएका नेपालीलाई सहयोग पु¥याइएको ‘ग्लोबल हेल्थ एन्ड हेल्प अर्गनाइजेसन’का अध्यक्ष कृष्णराज गैरेले जानकारी दिनुभयो ।

“नयाँदिल्लीसहित भारतका विभिन्न स्थानमा उपचारका लागि आउने गरेका नेपालीलाई ग्लोबल हेल्थ एन्ड हेल्प अर्गनाइजेसनबाट सहयोग गर्ने गरिएको छ,” उहाँले भन्नुभयो, “नेपालीले भारतका अस्पतालमा उपचार गराउँदा त्यहाँ अन्य विदेशीले जस्तो खर्च गर्नुपर्ने बाध्यता छ, अर्गनाइजेसनका तर्फबाट नेपाली बिरामीलाई सहुलियत प्रदान गर्नका लागि निरन्तर सहयोग गर्ने गरिएको छ ।”

गैरेका अनुसार अर्गनाइजेसन स्थापनाको दुई वर्षको अन्तरालमा नेपालका ८५० जना बिरामीले सहुलियतमा उपचार गराइसकेका छन् ।

नयाँदिल्लीमा रहेका नेपालसँग सम्बन्धित सङ्घ संस्थाले यहाँ अलपत्र परेका नेपालीको उद्धार, स्वास्थ्योपचारलगायतमा आइपर्ने जुनसुकै समस्यामा हातेमालो गर्ने गरेको पत्रकार अर्जुन खनालले बताउनुभयो ।

“नेपाल पत्रकार महासङ्घ, दिल्ली शाखाका साथै सञ्चार संवद्ध सङ्घ संस्था पनि नयाँदिल्लीमा क्रियाशील छन्,” खनालले भन्नुभयो, “नेपालसँग सम्बन्धित सङ्घ संस्थाका कारण बेलाबेलामा नेपाली सङ्गठित बन्दै एक आपसमा सुखदुःख साट्ने गरेका छन् ।”

नयाँ दिल्लीमा क्रियाशील नेपालीको संस्था पशुपति सम्पर्क मञ्चले उपचारका क्रममा रगतको अभावमा समस्यामा परेका नेपालीलाई सहयोग गर्दैआएको छ ।

पोखराबाट विगत नौ वर्षयता नयाँदिल्लीमा सिधा यातायात सेवा सञ्चालन गर्दै आएको ‘मोर्डन इरा टुर्स एन्ड ट्राभल्स’ले नयाँदिल्लीमा अलपत्र भएका नेपालीलाई सहयोग गर्दै आएको ट्राभल्सको दिल्ली शाखा कार्यालयका संयोजक दीलिप पौडेलले बताउनुभयो ।

उहाँका अनुसार नेपालमा भूकम्प, बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपमा पनि दिल्लीबाट सहयोग जुटाएर सम्बन्धित स्थानमा पु¥याइने गरिएको छ ।

“पैसाको अभावमा नेपाल फर्कन नसकेका नेपालीलाई निःशुल्क रुपमा फर्काउने व्यवस्था समेत गरेका छौँ,” पौडेलले भन्नुभयो, “विभिन्न दलालका कारण ठगिएका चेलिबेटीको उद्धारका साथै नयाँदिल्लीमा अलपत्र परेका नेपालीलाई आवश्यकताअनुसारको सहयोग गर्ने गरेका छौँ ।” रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार १५:४४ मा प्रकाशित

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...