२८ असोज,वीरगन्ज । पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ ।
दशजगा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बिरामी बोकेको तथा जन्ती बोकेका गाडी बाहेकका सम्पूर्ण गाडी आवतजावतमा रोक लगाएको छ भने पैदल यात्रीलाई समेत निगरानीमा राखेको सशस्त्र प्रहरी निरीक्षक बरालले बताउनुभयो । भारतीय सुरक्षा निकायले सीमा नाकामा उच्च सतर्कता अपनाएपनि यसले नेपाल भारतको सम्बन्धमा कुनै असर नपर्ने सुरक्षा निकायको दाबी रहेको छ ।
यसैगरी, पर्साको भारतीय सीमाका रक्सौल—भिस्वा, परसौनी—भेलाई, सिर्सिया—रक्सौला, जानकीटोल—इनर्वा, ठोरी—भिस्वाठोरी नाकामा समेत भारतीय निगरानी बढाइएको छ । रासस
वि.सं.२०७३ असोज २८ शुक्रवार १५:३९ मा प्रकाशित