back
CTIZAN AD

इलामको घरेलु चियाको माग अन्तर्राष्ट्रियस्तरमा 

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.2K 

shares

 

इलाम  । घरेलु उद्योगमार्फत यहाँका किसानले उत्पादन गरेको गुणस्तरीय चियाको माग अन्तर्राष्ट्रियस्तरमा बढ्दै गएको छ ।

अन्तर्राष्ट्रियस्तरमा चियाको माग बढेसँगै घरेलु उद्योगसमेत बढ्दै गएका छन् । यहाँ उत्पादित अर्गानिक चिया अन्य कारखानाको चियाभन्दा महँगो मूल्यमा बिक्री हुने गरेको किसान बताउँछन् । मङ्गलबारेस्थित गुफाथुम्की अर्गानिक टी म्यानुफ्याक्चरका प्रोप्राइटर अम्बरबहादुर राईले आफ्नो उद्योगले हरियो चिया नै प्रतिकिलो दुई सय ५० देखि दुई सय ८० रूपैयाँमा खरिद गर्ने गरेको बताउनुभयो । जब कि अन्य कारखानामा २० देखि ५० रूपैयाँको बीचमा हरियो चियापत्ती खरिद बिक्री हुन्छ ।विषादी र रासायनिक मल प्रयोग नभएको अर्गानिक र स्पेसल चिया बनाउन प्रयोग हुने चियाको एक पात एक सुइरोको चिया खरिद गरी हातले प्रशोधन गरेको चिया राजधानी र विदेशमा बिक्री हुने गरेको उद्यमीको भनाइ छ ।

हिमशिखर चिया प्रशोधन उद्योग मङ्गलबारेमा उत्पादित चिया खरिदका लागि रसियाली व्यापारी उद्योगमै आउने गरेका छन् । हातले बनाएको र सानो उद्योगको चिया गुणस्तरीय हुने भएकाले बजारमा माग बढेको छ । स्पेसल चियामा घरेलु उद्योगले गोल्डेन, ग्रिन, ह्वाइट, ब्ल्याक टी आदि बनाउने गरेका छन् ।

यस्तै, कफी स्वादको चिया पनि भर्खरै बजारमा आएको छ । यस्तो तयारी अर्गानिक अर्थोडक्स चियाको मूल्य उद्योगले प्रतिकिलो रु तीन हजार पाँच सयसम्ममा बिक्री गर्ने गरेका छन् । फाकफोकस्थित तीनजुरे चिया कारखानाले पनि विगतदेखि नै अर्गानिक चिया उत्पादन गरिरहेको छ । यहाँको चिया किन्न जर्मनीका व्यापारी टोली कारखानासम्म पुगेको र चियाको गुणस्तर परीक्षणसमेत गरेको कारखानाका होमनाथ तिम्सिनाले बताउनुभयो ।

“चिया खरिद गर्न जर्मनीबाट व्यापारी टोलीलाई दिन अर्गानिक चिया धमाधम तयार गरिरहेका छौँ”, तिम्सिनाले भन्नुभयो, “यहाँको चिया जर्मनीलगायत अन्य मुलुकसम्म सजिलै निर्यात हुन्छ ।”

विदेशी व्यापारीले यहाँको अर्गानिक चियालाई रु एक हजारदेखि पाँच हजारसम्म मूल्य दिने गरेको किसान तथा उद्योगीले बताएका छन् । चियाका घरेलु उद्योगलाई प्रोत्साहन गर्न सरकारी अनुदान आवश्यक रहेको उनीहरूको माग छ ।

चिया उत्पादनका लागि प्रख्यात इलाममा ८० वटा साना तथा घरेलु उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार १५:३८ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

एकै दिन छ हजारभन्दा बढीले  बढ्यो सुनको मूल्य, तोलाको कति ?

एकै दिन छ हजारभन्दा बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...