back
CTIZAN AD

मायाघरलाई नेपाली महिला समूह ओमानको सहयोग

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.2K 

shares

mama-ghara-li-sahayog

बिभिन्न खाले समस्यामा परेका अपांग, अनाथ र बेसहाराको सहारा यतिबेला नेपाली महिला समूह ओमान बनेको छ । २०६७ सालमा स्थापित महिला बाल बिकास मञ्चद्वारा २०६८ बाट सन्चालित मायाघर नामक बालगृहलाई हालसालै मात्र रु ५१,१५१ (एकाउन्न हजार एक सय एकाउन्न) सहयोग गरेको छ । उक्त मायाघरले अनाथ, असहाय र बेसहारा बालबालिकाको उद्दार गरि पालनपोषण गर्दै आएको महिला समूह ओमानले सम्बद्ध श्रोतलाई उदृत गर्दै जनाएको छ । हालसम्म २२ जना बालबालिका बिगत ६ बर्षदेखी सोही गृहमा आश्रय लिईरहेको बताईएको छ । बिगतमा कुलेश्वर स्थित भाडाको घरमा बस्दै आएको र भुकम्पको समेत जोखिम भएपछी हाल किर्तिपुर भत्केपाटीमा जग्गा लिएर भुकम्प प्रतिरोधात्मक घर बनाउदै गर्दा आर्थिक अभाव भएपछी महिला समूह ओमान समक्ष सहयोगको लागि अपिल गरेको उक्त बाल बिकास मञ्च कि अध्यक्ष दुर्गा पौडेल आचार्यले जानकारी दिनुभएको छ ।
गत बर्ष हरुमा पनि धरान र गोर्खाका केही विद्यालय र अनाथाश्रमहरु मा पनि सहयोग गर्दै आएको महिला समूह ओमान ले यसपाली पनि उल्लेखनिय कार्य गरेको बताउनुहुदै समुहकी कोषाध्यक्ष समेत रहनुभएकी सामाजिक अभियान्ता मादी गुरुङले अगाडि भन्नुभयो बेसहारालाई सहयोग गर्न पाउँदा अत्यन्त खुशी भएको र यस्ता कार्यहरु महिला समूह ओमान ले जारी राख्ने बिश्वास ब्यक्त गर्नुभयो ।
मायाघर एक संरक्षण गृह हो । कारणबस परिवारसंगबाट अलग्गिएर बेवारिसे बनेका बालबालिकाहरुलाई उद्दार गरि परिवार को खोजी गरेर पुनर्मिलन गराउदै आएको छ । हालसम्म २२ महिनादेखी बेवारिसे बनेका सात जना बालबालिकालाई परिवार संग भेट गराईसकेको र २२ जना केटाकेटीहरु बालगृहमै बसेर बोर्डिङ स्कुलमा अध्यनरत रहेको जनाइएको छ । बालगृहलाई आर्थिक सहयोग गरि बालबालिकाको भविष्य उज्वल बनाउनको लागि प्रेरणा प्रदान गर्नुभएको मामायाघर परिवारले नेपाली महिला समूह ओमानप्रती धन्यवाद एबम आभार प्रकट गरेको छ ।

वि.सं.२०७३ असोज २८ शुक्रवार ०४:५६ मा प्रकाशित

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...