कम्पाला, युगान्डा | गैर आबाशिय नेपाली संघको युगान्डा राष्ट्रिय सम्न्वय समितीली अफ्रिकाको युगान्डामा भब्य रुपमा दशै मनाएको छ | संघका आइइसिसी सदस्य जिबनाथ पंगेनीका अनुसार कम्पालाको नबाब रेस्टुरेन्टमा ४६ जना नेपालीको उपस्थितीमा भब्य दशै कार्यक्रम सम्पन्न भएको थियो |
कार्यक्रममा टिका ग्रहणका साथै शुभकामना आदान प्रदान तथा गीत संगीत प्रस्तुत गरिएको थियो |कार्यक्रममा इश्वरी बस्याल, तुलसी रेग्मी, राजमणी भण्डारी, मन्जुल पाठक, अर्जुन न्यौपाने लगाएतले शुभकामना ब्यक्त गर्नु भएको थियो भने पवन भण्डारी, प्रबिण पुडासैनिले नृत्य र गीत प्रस्तुत गरेका थिए |