Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

मुक्ति एण्ड रिभाइवलका सदस्यहरुलाई जापानमा स्वागत



wnso-japan-welcome

गोरेटो प्रोडक्सन जापानको कन्सर्टको लागि जापान आईपुग्नु भएका मुक्ति एण्ड रिभाइवल व्याण्डका मुक्ति शाक्य, सुनित कंशाकार, निखिल तुलाधर र रोशन कंशाकारको स्वागत तथा सम्मानमा वर्ल्ड नेवास्अर्गनाईजेशन जापानले  एक दिवाभोज सहितको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उहाँहरुलाई संस्थाका सल्लाहकार अनिल कुमार शाक्यज्युले खाडा ओढाई स्वागत तथा सम्मान गर्नुभएको थियो ।

बिहिबारका दिन आकाशाका स्थित मण्डला रेष्टुरेन्टमा भएको सो कार्यक्रममा आयोजकको तर्फबाट जनकराज शाक्य, सकुल प्रजापति, सुनिलकुमार शाक्य, प्रकाशलाल श्रेष्ठ, अनिलकुमार शाक्य र बाल दिपक कारंजित लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

परिचयात्मक कार्यक्रमबाट सुरु भएको सो कार्यक्रममा उपस्थिति महानुभावहरुको परिचय संगै आ(आफ्नो छोटो भनाई समेत राख्दै मुक्ति एण्ड रिभाइवल ब्याण्डका सदस्यहरुलाई हार्दिक स्वागत गर्नुभएको थियो ।

wnso-japan-2073

वर्ल्ड नेवास्अर्गनाईजेशन जापानका प्रतिनिधि सुनिल कुमार शाक्यले कार्यक्रम संचालन गर्दै मुक्ति एण्ड रिभाइवल ब्यान्डका मुक्ति शाक्यलाई टोस्ट प्रस्ताव गर्नु भएको थियो।

अतिथि मुक्ति एण्ड रिभाइवल व्याण्डका सदस्यहरुले आफ्नो कला प्रस्तुत गर्नको लागी गोरेटो प्रोडक्सन जापानले यसरी जापान आउने अवसर प्रदान गरेकोमा धन्यवाद दिंदै आफुहरु लाई धेरै खुशी लागेको र वर्ल्ड नेवास्अर्गनाईजेशले पनि यस्ता कार्यक्रमहरु आयोजना गर्न सकोस भनि संस्थाको प्रगतिको कामना गरेका थिए।

ब्यान्डका प्रतिनिधि मुक्ति शाक्यजुले नेवास्समाजले म्ह स्पुजा र भोज भतेरका साथ साथै अव आउने दिनहरुमा नेपाली कलाकारहरुलाई प्रोत्साहन दिने खालका कार्यक्रमहरु पनि ल्याउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

आयोजक संस्थाका प्रतिनिधि जनक राज शाक्यले नोवेम्वर ५ र ६ तारेखको वर्ल्ड नेवास्अर्गनाईजेशन जापानको पहिलो २ दिने क्षेत्रीय सम्मेलन , मिस एण्ड मिसेज नेवास्जापान तथा सांस्कृतिक कार्यक्रमको बारेमा प्रस्तुत गर्दै उपस्थित सदस्यहरुबाट अनौपचारिक रुपमा आ(आफ्नो बिचार र धारणा ब्यक्त गरिएको थियो ।
कार्यक्रमलाई बिट मार्दै अर्को प्रतिनिधि प्रकाश लाल श्रेष्ठले यस कार्यक्रम संयोजन तथा ब्यबस्थापन छोटो समयको सूचनामा पनि उपस्थिति जनाउनुहुने सम्पुर्ण महानुभावलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै मुक्ति एण्ड रिभाइवल ब्याण्ड प्रतिनिधीलाई पुन स्वागत तथा जापानको छोटो बसाई उपलब्धिमुलक रहोस भन्दै शुभ यात्राको कामना पनि गर्नुभएको थियो । दिवाभोज सहित वर्ल्ड नेवास्अर्गनाईजेशन सम्बन्धि थप अन्तरक्रिया गर्दै दिउँसोको चार बजे कार्यक्रमको समापन गरिएको थियो।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन