back
CTIZAN AD

मुक्ति एण्ड रिभाइवलका सदस्यहरुलाई जापानमा स्वागत

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.2K 

shares

wnso-japan-welcome

गोरेटो प्रोडक्सन जापानको कन्सर्टको लागि जापान आईपुग्नु भएका मुक्ति एण्ड रिभाइवल व्याण्डका मुक्ति शाक्य, सुनित कंशाकार, निखिल तुलाधर र रोशन कंशाकारको स्वागत तथा सम्मानमा वर्ल्ड नेवास्अर्गनाईजेशन जापानले  एक दिवाभोज सहितको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उहाँहरुलाई संस्थाका सल्लाहकार अनिल कुमार शाक्यज्युले खाडा ओढाई स्वागत तथा सम्मान गर्नुभएको थियो ।

बिहिबारका दिन आकाशाका स्थित मण्डला रेष्टुरेन्टमा भएको सो कार्यक्रममा आयोजकको तर्फबाट जनकराज शाक्य, सकुल प्रजापति, सुनिलकुमार शाक्य, प्रकाशलाल श्रेष्ठ, अनिलकुमार शाक्य र बाल दिपक कारंजित लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

परिचयात्मक कार्यक्रमबाट सुरु भएको सो कार्यक्रममा उपस्थिति महानुभावहरुको परिचय संगै आ(आफ्नो छोटो भनाई समेत राख्दै मुक्ति एण्ड रिभाइवल ब्याण्डका सदस्यहरुलाई हार्दिक स्वागत गर्नुभएको थियो ।

wnso-japan-2073

वर्ल्ड नेवास्अर्गनाईजेशन जापानका प्रतिनिधि सुनिल कुमार शाक्यले कार्यक्रम संचालन गर्दै मुक्ति एण्ड रिभाइवल ब्यान्डका मुक्ति शाक्यलाई टोस्ट प्रस्ताव गर्नु भएको थियो।

अतिथि मुक्ति एण्ड रिभाइवल व्याण्डका सदस्यहरुले आफ्नो कला प्रस्तुत गर्नको लागी गोरेटो प्रोडक्सन जापानले यसरी जापान आउने अवसर प्रदान गरेकोमा धन्यवाद दिंदै आफुहरु लाई धेरै खुशी लागेको र वर्ल्ड नेवास्अर्गनाईजेशले पनि यस्ता कार्यक्रमहरु आयोजना गर्न सकोस भनि संस्थाको प्रगतिको कामना गरेका थिए।

ब्यान्डका प्रतिनिधि मुक्ति शाक्यजुले नेवास्समाजले म्ह स्पुजा र भोज भतेरका साथ साथै अव आउने दिनहरुमा नेपाली कलाकारहरुलाई प्रोत्साहन दिने खालका कार्यक्रमहरु पनि ल्याउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

आयोजक संस्थाका प्रतिनिधि जनक राज शाक्यले नोवेम्वर ५ र ६ तारेखको वर्ल्ड नेवास्अर्गनाईजेशन जापानको पहिलो २ दिने क्षेत्रीय सम्मेलन , मिस एण्ड मिसेज नेवास्जापान तथा सांस्कृतिक कार्यक्रमको बारेमा प्रस्तुत गर्दै उपस्थित सदस्यहरुबाट अनौपचारिक रुपमा आ(आफ्नो बिचार र धारणा ब्यक्त गरिएको थियो ।
कार्यक्रमलाई बिट मार्दै अर्को प्रतिनिधि प्रकाश लाल श्रेष्ठले यस कार्यक्रम संयोजन तथा ब्यबस्थापन छोटो समयको सूचनामा पनि उपस्थिति जनाउनुहुने सम्पुर्ण महानुभावलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै मुक्ति एण्ड रिभाइवल ब्याण्ड प्रतिनिधीलाई पुन स्वागत तथा जापानको छोटो बसाई उपलब्धिमुलक रहोस भन्दै शुभ यात्राको कामना पनि गर्नुभएको थियो । दिवाभोज सहित वर्ल्ड नेवास्अर्गनाईजेशन सम्बन्धि थप अन्तरक्रिया गर्दै दिउँसोको चार बजे कार्यक्रमको समापन गरिएको थियो।

वि.सं.२०७३ असोज २८ शुक्रवार ०४:४८ मा प्रकाशित

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...