Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु



२८ असोज,कावासोती  । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा जङ्गल (४० किलोमिटर)मा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना १४ प ६३८७ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ४०२९ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपरासी देउराली–२ कोलियाका २६ वर्षीय दीपेन्द्र कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक फणिन्द्र शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते कुमालको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । हिजोआज पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी खण्डमा दैनिकजसो नै सवारी दुर्घटना हुने गरेका छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले