Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

इन्टरनेट विस्तार गर्न प्रवासी नेपालीले जुटाए रु पचास लाख



बाबियाचौर (म्याग्दी) । पहाडी जिल्ला म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न प्रवासीले पचास लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् । देशमै नमुनाका रुपमा म्याग्दीमा सञ्चालन हुन लागेको इन्टरनेट सेवा विस्तार योजनाका लागि हालसम्म रु पचास लाख जुटाइसकिएको मोनाका कोषाध्यक्ष चक्र थापाले जानकारी दिनुभयो ।

मोनाका पदाधिकारीका साथै केही देशबाट सहयोग प्राप्त भएको छ । सबै देशमा रहेका मोनाको कार्यसमितिमार्फत सहयोग सङ्कलन कार्यलाई निरन्तरता दिइएको छ । हालै बेनीमा भएको मोनाको प्रथम साधारणसभाले वित्तीय स्रोत व्यवस्थापनका लागि जिविस र मोनाबीच भएको सम्झौतालाई अनुमोदन गरेको थियो ।

मोनाको विश्वका २२ देशमा राष्ट्रिय समिति गठन भएको छ । रु चार करोड लागत अनुमान गरिएको योजनाका लागि नेपाल ग्रामीण दूरसञ्चार प्राधिकरण कोषले पचास प्रतिशत लगानी गर्न सहमति जनाएको छ । वित्तीय स्रोत व्यवस्थापन भएको छ महिनाभित्र सबै बस्तीमा इन्टरनेट पु¥याउने गरी तयारी भएको छ ।

मोनाको पहलमा प्रवासी म्याग्देलीबाट स्थानीयस्तरमा सङ्कलन गर्नुपर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि सहकार्य गरिएको जिविसले जनाएको छ । दुर्गम क्षेत्रका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा अत्याधुनिक सञ्चार प्रविधिको सुविधा उपलब्ध गराउन जिविसले सबै बस्तीमा इन्टरनेट सेवाको पहुँच पु¥याउने योजना सञ्चालन गर्न लागेको हो । रासस


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी