back
CTIZAN AD

पाँचसय खर्च हुन्छ, ८० रुपैयाँ विद्युत् महसुल तिर्न

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.1K 

shares

२८ असोज,पाल्पा  । ग्रामीण क्षेत्रमा विद्युत् महसुल काउन्टर नहुँदा ८० रुपैयाँ विद्युत् महसुल तिर्न ५०० रुपैयाँ तिर्न बाध्य भएका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा तत्कालीन द्वन्द्वमा असुरक्षाले हटेका ग्रामीण क्षेत्रका विद्युत् महसुल काउन्टर अझै स्थापना हुन नसक्दा उपभोक्ता मर्कामा परेका हुन ।

द्वन्द्वका बेला सदरमुकाम केन्द्रित भएका बैंक, प्रहरी चौकी र सरकारी कार्यालयले स्थापना भए पनि नेपाल विद्युत् प्राधिकरण पाल्पाले महसुल काउन्टर स्थापना गर्न पहलसमेत जिल्ला तहमा नभएको हो ।

जिल्ला सदरमुकाम तानसेनमा मात्र विद्युत् प्राधिकरणले महसुल काउन्टर सञ्चालन गरेकाले जिल्लाको पूर्वमा ८० किलोमिटर र पश्चिममा ६० किलोमिटरको दुरीबाट सवारी साधनमा चढेर मासिक विद्युत् महसुल तिर्न सदरमुकाम आउनुपर्ने बाध्यता रहेको छ ।

जिल्लाको पूर्वीभेग रामपुरमा इलाका प्रशासन सञ्चालन भएकाले त्यस भेगका बासिन्दा विद्युत् महसुल तिर्न आउनु पर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।

द्वन्द्वभन्दा अगाडि पश्चिममा हार्थाेक, पूर्वका जनताको लागि आर्यभञ्ज्याङमा महसुल काउन्टर सञ्चालन गरेको थियो । महसुल काउन्टर बन्द भएको लामो समयसम्म पनि विद्युत् प्राधिकरणले पुनः सञ्चालनमा चासो देखाएको छैन ।

मासिक ८० रुपैयाको बिजुलीको बिल तिर्न आउँदा रु ५०० भन्दा बढी खर्च हुने भए पनि ग्रामीण भेगमा काउन्टर खोल्ने बारेमा विद्युत् कार्यालय, राजनीतिक दल र जिल्ला अन्य सरकारी निकाय मौन बसेका छन् ।

केन्द्रिय विद्युत् प्राधिकरणले जिल्लाका ग्रामीण भेगका महसुल काउन्टर सञ्चालन गर्न अनुमति नदिएकाले लामो समयसम्म राख्न नसकिएको विद्युत् कार्यालय पाल्पाका प्रमुख कपिलराज पाण्डेले बताउनुभयो ।

जिल्लामा २९ हजार ग्राहकलाई सदरमुकाम काउन्टरमा आउनुपर्ने बाध्यता छ भने प्रर्याप्त काउन्टरसमेत खुल्ला नगर्दा घन्टौँ लाइन बसेर महसुल बुझाउने गरेका छन् । यता विद्युत् प्राधिकरणले भने कर्मचारीको अभाव भन्दै दुईवटा मात्रै काउन्टर दिउ‘सो ३ बजेसम्म खुल्ने गर्दछ । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार १५:५६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...