back
CTIZAN AD

तीन जिल्लाको पर्यटन विकासका लागि दुई करोड ७४ लाख विनियोजन

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.9K 

shares

२८ असोज,इलाम  । इलामसहित पूर्वी पहाडी जिल्लाको पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि रु दुई करोड ७४ लाख रकम विनियोजन गरेको छ ।

इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति इलाममार्फत कार्यान्वयन हुने गरी नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो बजेट विनियोजन गरेको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी दिनुभयो ।

इलामका लागि रु एक करोड ६२ लाख, पाँचथरमा रु ४० लाख र ताप्लेजुङमा रु ७२ लाख विनियोजन भएको समितिले जनाएको छ ।

इलामको श्रीअन्तु पर्यटकीय पूर्वाधार विकासमा रु १० लाख, पशुपतिनगरमा स्थापना भएको सूचना केन्द्रको घेराबारा र फर्निसिङमा रु पाँच लाख, रत्न सुरूङ संरक्षण तथा चित्रे पार्क निर्माणमा रु आठ लाख, सिद्धिथुम्कामा किराँतेश्वर शिव मन्दिरलगायत अन्य पर्यटकीय पूर्वाधारमा रु १५ लाख रकम विनियोजन गरेको छ ।

माङ्मालुङ क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास र छिन्टापु पर्यटन पूर्वाधार विमासमा आठ÷आठ लाख, महमाइको मैनाचुली पर्यटन विकासमा रु पाँच लाख, फुएतप्पामा पोखरी निर्माणका लागि रु पाँच लाख, सन्दकपुर पर्यटन पूर्वाधार विकास तथा ‘भ्यू पोइन्ट’ निर्माण, कन्याममा पर्यटकीय पूर्वाधार विकास तथा सौन्दिर्यीकरणमा रु १०÷१० लाख, सुखानी क्षेत्र पर्यटन पूर्वाधारमा रु पाँच लाख, पशुपतिनगरमा बौद्यधामको नाङ्वा साङ्वे गुम्बालाई रु पाँच लाख, बौद्धधाममा बुद्धको मूर्ति तथा बौद्धपार्कका लागि रु १० लाख रकम छुट्याइएको छ ।

पर्याप्त सम्भावना भए पनि पूर्वाधार विकासमा बजेट अभाव भएकाले पूर्वी पहाडको पर्यटन क्षेत्र पछि परेको सरोकारवाला बताउँछन् । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार १५:५८ मा प्रकाशित

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...