Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

तीन जिल्लाको पर्यटन विकासका लागि दुई करोड ७४ लाख विनियोजन



२८ असोज,इलाम  । इलामसहित पूर्वी पहाडी जिल्लाको पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि रु दुई करोड ७४ लाख रकम विनियोजन गरेको छ ।

इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति इलाममार्फत कार्यान्वयन हुने गरी नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो बजेट विनियोजन गरेको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी दिनुभयो ।

इलामका लागि रु एक करोड ६२ लाख, पाँचथरमा रु ४० लाख र ताप्लेजुङमा रु ७२ लाख विनियोजन भएको समितिले जनाएको छ ।

इलामको श्रीअन्तु पर्यटकीय पूर्वाधार विकासमा रु १० लाख, पशुपतिनगरमा स्थापना भएको सूचना केन्द्रको घेराबारा र फर्निसिङमा रु पाँच लाख, रत्न सुरूङ संरक्षण तथा चित्रे पार्क निर्माणमा रु आठ लाख, सिद्धिथुम्कामा किराँतेश्वर शिव मन्दिरलगायत अन्य पर्यटकीय पूर्वाधारमा रु १५ लाख रकम विनियोजन गरेको छ ।

माङ्मालुङ क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास र छिन्टापु पर्यटन पूर्वाधार विमासमा आठ÷आठ लाख, महमाइको मैनाचुली पर्यटन विकासमा रु पाँच लाख, फुएतप्पामा पोखरी निर्माणका लागि रु पाँच लाख, सन्दकपुर पर्यटन पूर्वाधार विकास तथा ‘भ्यू पोइन्ट’ निर्माण, कन्याममा पर्यटकीय पूर्वाधार विकास तथा सौन्दिर्यीकरणमा रु १०÷१० लाख, सुखानी क्षेत्र पर्यटन पूर्वाधारमा रु पाँच लाख, पशुपतिनगरमा बौद्यधामको नाङ्वा साङ्वे गुम्बालाई रु पाँच लाख, बौद्धधाममा बुद्धको मूर्ति तथा बौद्धपार्कका लागि रु १० लाख रकम छुट्याइएको छ ।

पर्याप्त सम्भावना भए पनि पूर्वाधार विकासमा बजेट अभाव भएकाले पूर्वी पहाडको पर्यटन क्षेत्र पछि परेको सरोकारवाला बताउँछन् । रासस


-->

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण

नयाँदिल्ली । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीनजना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति