back
CTIZAN AD

सुनको कारोबार बढ्दो, मूल्य घट्दो

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.1K 

shares

gold

काठमाडौँ  । दसैँको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।

दसैँको घटस्थापनाको दिन प्रतितोला रु ५८ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला रु ५६ हजार र तेजावी सुनको मूल्य रु ५५ हजार ७५० कायम रहेको छ ।

सङ्घका अनुसार घटस्थापनापछि पटक पटक गरी सुनको मूल्य घटेर प्रतितोला रु दुई हजार ३०० भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी आएसँगै नेपालमा पनि त्यसको प्रभावले मूल्य घटेको सङ्घका अध्यक्ष मणिकरत्न शाक्यले बताउनुभयो ।

अध्यक्ष शाक्यका अनुसार विगतमा दसैँ, तिहार, विवाहकायाममा दैनिक ३० किलो सुनको कारोबार हुने भए पनि मूल्य उच्च भएका कारण कारोबारमा नकारात्मक प्रभाव परेपछि यस वर्ष करिब ४० किलो दैनिक व्यापार भइरहेको छ ।

त्यसैगरी असली चाँदीको मूल्य रु ८६० बाट घटेर रु ८१० कायम भई कारोबार भइरहेको सङ्घले जनाएको छ । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:०० मा प्रकाशित

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित देशका...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

काठमाडाैँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...