back

म्याग्दीमा दसैँमा रु एक अर्ब विप्रेषण भित्रियो

वि.सं.२०७३ असोज २८ शुक्रवार

537 

shares
GLOBAL IME AD
NTC AD

२८ असोज,बाबियाचौर (म्याग्दी)  । म्याग्दीमा पछिल्लो एक महिनाको अवधिमा करिब रु एक अर्ब विप्रेषण भित्रिएको छ ।

दसैँ, तिहारजस्ता चाडपर्वमा घरखर्चका लागि विदेशमा रहेका म्याग्दीवासीले सो मात्रामा विप्रेषण पठाएका हुन् । जिल्लामा रहेका १४ वटा बैंकका २० वटा शाखा र त्योभन्दा दोब्बर सङ्ख्यामा रहेका रेमिट कम्पनीका प्रतिनिधिले असोजमा अन्य महिनाको तुलनामा दोब्बर बढी विप्रेषण भुक्तानी गरेको जनाएका छन् ।

एउटा कम्पनी तथा शाखाले न्यूनतम् रु एक करोड ५० लाखदेखि बढीमा रु पाँच करोडसम्म विप्रेषण भुक्तानी गरेका छन् । नेपाल राष्ट्र बैंकको पोखरास्थित क्षेत्रीय कार्यालयका अनुसार २०७१ को माघदेखि २०७२ को पुस महिनाको अवधिमा म्याग्दीमा रु पाँच अर्ब ८० करोड विप्रेषण भित्रिएको थियो ।

चाडपर्वको समयमा विप्रेषण भित्रिने क्रम बढी हुने गरेको गरिमा विकास बैंकको बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले बताउनुभयो । चाडपर्वमा उपभोग र किनमेलमा धेरै खर्च हुने गर्छ । विदेशमा रहेकाले समेत अन्य समयको तुलनामा बढी रकम पठाउने गरेका छन् ।

म्याग्दीको करिब ३० हजार जनसङ्ख्या रोजगारी, अध्ययन र विभिन्न पेसा व्यवसायको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका छन् । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:०२ मा प्रकाशित

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

पाटन (ललितपुर) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम...

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई...

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

गलेश्वर (म्याग्दी) । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक...

गोरखनाथ सामुदायिक वनमा डढेलो

गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक...

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखा । भीमसेन थापा गाउँपालिका-६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण...