back
CTIZAN AD

निर्वाचन सरकारको विशेष प्राथमिकतामा : मन्त्री बोहोरा

वि.सं.२०७३ असोज २८ शुक्रवार

963 

shares

deepak-bohora

 २८ असोज,बुटवल (खस्यौली) । आपूर्ति मन्त्री दीपक बोहोराले संविधानले तोकिएकै समयमा तीन तहको निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटीहवामास्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाको १७ आँैं साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो – संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गते सम्म गाउँपालिका÷नगरपालिका, प्रादेशीक र संसद गरी तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले यसप्रति सरकार प्रतिवद्ध छ ।

मन्त्री बोहोराले निर्धारित मितिमा निर्वाचन गराउन सकिएन र संविधान कार्यान्वयन हुनसकेन भने मुलुकमा ठूलो सङ्कट सिर्जना हुने भएकाले पनि सरकारले निर्वाचनलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।

नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि सहकारी आन्दोलनलाई सशक्त बनाउनु आवश्यक रहेको बताउँदै उहाँले ठूलो पुँजी सर्वसाधारणलाई आवश्यक नपर्ने र बैंकले सानो पुँजी लगानी नगर्ने सन्दर्भमा सहकारी विपन्न वर्गका लागि सारथी बन्न सफल भएको भन्नुभयो ।

सहकारीमा केही विकृति रहेपछि त्यसलाई व्यवस्थापन गर्दै अगाडि बढाउने हो भने समृद्धिको ढोका खोल्न सकिनेमा उहाँले जोड दिनुभयो ।

संस्थाका अध्यक्ष डोलराज बस्यालको सभापत्तिवमा सम्पन्न उक्त कार्यक्रममा तिलोत्तमा २० का वार्ड सचिव मानबहादुर खाती, छिमेकी सहकारीका मीनादेवी पाण्डे, बाबुराम भट्टराई, सेयर सदस्य भोजनाथ पाण्डे, उक्त सहकारीका उपाध्यक्ष कृष्णप्रसाद घिमिरे र सचिव अर्जुन बस्याललगायतले दुःख गरेर बचत गरेको रकमबाट सरकारले २० प्रतिशत कर लिने काम गरिब तथा विपन्न वर्गका लागि अन्याए भएकाले यो व्यवस्था हटाउनुपर्ने माग सरकारसंग गर्नुभयो ।

सो अवसरमा मन्त्री बोहोराले सहकारीको नवनिर्मित कार्यालय भवनको उद्घाटन तथा असल कारोबार गर्ने चारजना सेयर सदस्यलाई सम्मान गरिएको थियो । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:०४ मा प्रकाशित

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...