back

निर्वाचन सरकारको विशेष प्राथमिकतामा : मन्त्री बोहोरा

वि.सं.२०७३ असोज २८ शुक्रवार

564 

shares
GLOBAL IME AD
NTC AD

deepak-bohora

 २८ असोज,बुटवल (खस्यौली) । आपूर्ति मन्त्री दीपक बोहोराले संविधानले तोकिएकै समयमा तीन तहको निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटीहवामास्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाको १७ आँैं साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो – संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गते सम्म गाउँपालिका÷नगरपालिका, प्रादेशीक र संसद गरी तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले यसप्रति सरकार प्रतिवद्ध छ ।

मन्त्री बोहोराले निर्धारित मितिमा निर्वाचन गराउन सकिएन र संविधान कार्यान्वयन हुनसकेन भने मुलुकमा ठूलो सङ्कट सिर्जना हुने भएकाले पनि सरकारले निर्वाचनलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।

नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि सहकारी आन्दोलनलाई सशक्त बनाउनु आवश्यक रहेको बताउँदै उहाँले ठूलो पुँजी सर्वसाधारणलाई आवश्यक नपर्ने र बैंकले सानो पुँजी लगानी नगर्ने सन्दर्भमा सहकारी विपन्न वर्गका लागि सारथी बन्न सफल भएको भन्नुभयो ।

सहकारीमा केही विकृति रहेपछि त्यसलाई व्यवस्थापन गर्दै अगाडि बढाउने हो भने समृद्धिको ढोका खोल्न सकिनेमा उहाँले जोड दिनुभयो ।

संस्थाका अध्यक्ष डोलराज बस्यालको सभापत्तिवमा सम्पन्न उक्त कार्यक्रममा तिलोत्तमा २० का वार्ड सचिव मानबहादुर खाती, छिमेकी सहकारीका मीनादेवी पाण्डे, बाबुराम भट्टराई, सेयर सदस्य भोजनाथ पाण्डे, उक्त सहकारीका उपाध्यक्ष कृष्णप्रसाद घिमिरे र सचिव अर्जुन बस्याललगायतले दुःख गरेर बचत गरेको रकमबाट सरकारले २० प्रतिशत कर लिने काम गरिब तथा विपन्न वर्गका लागि अन्याए भएकाले यो व्यवस्था हटाउनुपर्ने माग सरकारसंग गर्नुभयो ।

सो अवसरमा मन्त्री बोहोराले सहकारीको नवनिर्मित कार्यालय भवनको उद्घाटन तथा असल कारोबार गर्ने चारजना सेयर सदस्यलाई सम्मान गरिएको थियो । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:०४ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...