back
CTIZAN AD

साख्वासम्बन्धी सङ्ग्रहालय बनाउन माग

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.4K 

shares

२८ असोज,काठमाडौँ  । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले राष्ट्रिय विभूति शङ्खधर साख्वासम्बन्धी राष्ट्रिय सङ्ग्रहालय निर्माण गर्न माग गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरको नेतृत्वमा गएको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी नेपाल संवत्को नयाँ वर्षका दिन मध्यपुर थिमिस्थित साख्वाको सालिकमा हुने माल्यार्पण कार्यक्रमलाई राष्ट्रिय रुपमै सरकारीस्तरबाटै गर्नुपर्ने र नेपाली नोट तथा मुद्रामा नेपाल संवत् प्रयोग गर्नुपर्ने पनि माग गरेको छ ।

प्रधानमन्त्री दाहालसँग भेटपछि रासससँग कुरा गर्दै प्रतिष्ठानका अध्यक्ष मानन्धरले हरेक वर्ष नेपाल संवत् नयाँ वर्षका दिन मध्यपुरथिमि, शङ्खधर चोकस्थित साख्वाको प्रतिमामा सरकार प्रमुखबाट हुँदै आएको माल्र्यापण कार्यक्रमका लागि प्रधानमन्त्री दाहाललाई निम्तो गरिएको बताउनुभयो ।

भेटमा प्रधानमन्त्री दाहालले नेपाल संवत्का प्रवत्र्तक साख्वाका विषयमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । सरकारले विसं २०५६ मङ्सिर २ गते साख्वालाई राष्ट्रिय विभूति र विसं २०६५ कात्तिक ७ गते नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिइसकेको छ ।
टोलीमा प्रतिष्ठानका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, कोषाध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ, सहसचिव बाबुकाजी श्रेष्ठ तथा सदस्य कृष्णलाल गोजा श्रेष्ठ, सुरेश प्रधान, निर्मल भट्टराई र मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:३१ मा प्रकाशित

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...