Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

साख्वासम्बन्धी सङ्ग्रहालय बनाउन माग



२८ असोज,काठमाडौँ  । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले राष्ट्रिय विभूति शङ्खधर साख्वासम्बन्धी राष्ट्रिय सङ्ग्रहालय निर्माण गर्न माग गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरको नेतृत्वमा गएको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी नेपाल संवत्को नयाँ वर्षका दिन मध्यपुर थिमिस्थित साख्वाको सालिकमा हुने माल्यार्पण कार्यक्रमलाई राष्ट्रिय रुपमै सरकारीस्तरबाटै गर्नुपर्ने र नेपाली नोट तथा मुद्रामा नेपाल संवत् प्रयोग गर्नुपर्ने पनि माग गरेको छ ।

प्रधानमन्त्री दाहालसँग भेटपछि रासससँग कुरा गर्दै प्रतिष्ठानका अध्यक्ष मानन्धरले हरेक वर्ष नेपाल संवत् नयाँ वर्षका दिन मध्यपुरथिमि, शङ्खधर चोकस्थित साख्वाको प्रतिमामा सरकार प्रमुखबाट हुँदै आएको माल्र्यापण कार्यक्रमका लागि प्रधानमन्त्री दाहाललाई निम्तो गरिएको बताउनुभयो ।

भेटमा प्रधानमन्त्री दाहालले नेपाल संवत्का प्रवत्र्तक साख्वाका विषयमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । सरकारले विसं २०५६ मङ्सिर २ गते साख्वालाई राष्ट्रिय विभूति र विसं २०६५ कात्तिक ७ गते नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिइसकेको छ ।
टोलीमा प्रतिष्ठानका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, कोषाध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ, सहसचिव बाबुकाजी श्रेष्ठ तथा सदस्य कृष्णलाल गोजा श्रेष्ठ, सुरेश प्रधान, निर्मल भट्टराई र मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो । रासस


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब